लन्डन, क्षेत्री समाज बेलायतले भूकम्प पीडित पत्रकारहरुको सहयोगको लागि संचालन गरिएको पत्रकार महासंघको कोषमा ३ सय ५१ पाउण्ड अर्थात् करिब ५४ हजार रुपैयाँ बराबरको रकम सहयोग गरेकोछ | यही आइतबारका दिन बेलायतस्थित नेपाली राजदूतावास भावनामा भएको एक कार्यक्रममा क्षेत्री समाज बेलायतका अध्यक्ष प्रेम खड्काले पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्मालाई रकम हस्तान्तरण गरेकाछन् |
गत महिना गएको महाभूकम्पमा परी एकजना पत्रकारले ज्यान गुमाएकछन् भने हजारौंको संख्यामा पीडित भएकाछन् | यस्तो अवस्थामा आफ्नो दुःखको कुनै पर्वाह नगरी पालमुनि बसेर भएप नि आफ्नो कार्यलाई निरन्तरता दिंदै आइरहेको र घाइते तथा पीडितहरुलाई समयमै आवश्यक जानकारी पुर्याएर उनीहरुको ज्यानलार्इ समेत जोख्खिममुक्त बनाउने काममा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्माले बताएका थिए | साथै पीडित पत्रकारहरुको अवस्थालाई मध्यनजर गर्दै क्षेत्री समाज बेलायतले गरेको उक्त कार्यको लागि पत्रकार महासंघ यूकेको तर्फबाट समाजलाई हार्दिक धन्यबादसमेत दिएका थिए |
त्यस्तै क्षेत्री समाज बेलायतका अध्यक्षले प्रेम खड्काले पनि पत्रकारहरुको भूमिकाको सर्हाना गर्दै आफुहरुले गरेको सानो रकमले पनि ठूलो मद्दत मिल्न सक्ने कुरा ब्यक्त गर्नुका साथै उक्त कार्यमा आफुहरुले एक्यबद्दता जनाउन पाउँदा खुशी लागेको कुरा बताएका थिए | उक्त समारोहमा समाजका तर्फबाट उपाध्यक्ष धन बहादुर कुँवर, महासचिव टेक जीसी, कोषाध्यक्ष भाइराजा थापा, जनसम्पर्क सचिव दिल बहादुर जीसी, महिला सयोजक श्रीमती अनिता केसी, संस्कृतिक सचिव सुश्री सेविका जिसी, मेडिया सयोजक नरेन्द्र बस्नेत तथा सदस्यहरु तेज रानाभाट र श्रीमती श्रद्दा थापाको पनि सहभागिता थियो ।
प्रतिक्रिया