सौन्दर्य र पुरुषबीच यस्तो रहेछ सम्बन्ध

सौन्दर्य र पुरुषबीच यस्तो रहेछ सम्बन्ध


आकर्षक जिउडाल भएकी अर्थात् बान्की परेकी महिला देखेपछि भुतुक्कै नहुने प्रायः कमै पुरुष होलान् । अझ महिलाको सुन्दर मुहारले सुनमा सुगन्ध थप्नेे हुँदा पुरुषको आकर्षणलाई अझ बढाएको हुन्छ । सुन्दर महिलालाई देखेर पुरुष आकरि्षत भएनन् भने उनीहरूको पुरुषार्थमाथि पनि शङ्का गर्ने गरिन्छ । तर्सथ सुन्दर महिलाप्रति पुरुषहरू आकरि्षत हुनु स्वाभाविकै हो । पुरुषहरूमा एउटा त्यस्तो जिन हुन्छ जसले स्वस्फर्ुत सुन्दर महिलातर्फ आकरि्षत गराउँछ । त्यसैले कवि, साहित्यकारहरूले लेखेका छन्, ‘सुन्दरता पुरुषहरूको कमजोरी हो, उनीहरू पहिलो नजरमै आफ्नो दिल दिन तयार हुन्छन् ।’ सुन्दर महिला पुरुषहरूको प्रेरणा र चाहना भएकोले त्यसमाथि अधिकार जमाउन उनीहरू चाँडै अग्रसर हुन्छन् ।
यो विषयमा केही समय पहिले गरिएको अध्ययनबाट महिलाको सौन्दर्यप्रति पुरुषको चाहना मानव विकासको हिस्सा भएको पत्ता लागेको छ । यो प्राचीनकालदेखि चल्दै आएको पनि अध्ययनमा उल्लेख गरिएको छ । अध्ययनमा महिला र पुरुषलाई मिलाउने यो एउटा सशक्त माध्यम भएकोले यसले राम्रो जीवनसङ्गिनी चुन्नलाई समेत मद्दत गर्ने बताइएको छ । यसै विषयमा गरिएको अर्को अध्ययनले पनि पुरुषहरू महिलाको सौन्दर्यतर्फ आकरि्षत हुनुलाई प्रजननको प्रतीक भएको उल्लेख गरेको छ । सोही अध्ययनमा राम्रो अनुहार भएको पुरुष व्यवहारमा पनि राम्रो हुने कुरामा महिलालाई शङ्का हुने चर्चा गरिएको छ । प्रसिद्ध अखबार डेली मेलमा प्रकाशित समाचारअनुसार महिलाभित्रभित्रै आफैंमा अनेक प्रकारका प्रश्न गर्ने हुँदा उनीहरूलाई सुन्दर अनुहार भएको पुरुष मात्रै नभई अन्य पुरुषलाई चाँडै विश्वास नगर्ने बताइएको छ । महिलालाई सुन्दर अनुहारभन्दा पनि पुरुषको व्यक्तित्व, जिम्मेवारीपन, प्रतिबद्धता र सक्षमताले आकरि्षत गर्ने रहस्यको रहस्योद्घाटन गरेको छ ।
महिलाको सुन्दरताप्रतिको पुरुषहरूको आकर्षणको बारेमा एमस्टर्डम विश्वविद्यालयका प्रोफेसर मार्क वान वुग्ट, जोहन्ना वान हुप र हेलेन क्रावफोर्डको नेतृत्वमा केही समय पहिले विशेष रूपमा अध्ययन गरिएको थियो । २० जना पुरुष र २० जना महिलामा गरिएको यो प्रशिक्षणबाट मानिसको प्रवृत्तिको बारेमा पत्ता लगाएका थिए । यो अध्ययनका संयोजक प्रोफेसर वानले अध्ययनपछि पुरुष महिलाको तुलनामा चञ्चल स्वभावका हुने र प्रजनन कार्यका लागि तम्सन खोज्ने भएकाले त्यसमा अनुहारको सुन्दरता पनि एक सङ्केत हुने बताएका छन् । वानले पुरुष सुन्दर अनुहार भएकी महिलाको दिवाना हुने बताउँदै सुन्दर अनुहारकी महिला असल जीवनसाथी बन्न सक्छिन् कि सक्दिनन् यसबारेमा फैसला गर्न एक सेकेन्डभन्दा पनि कम समय लगाउने बताएका छन् ।

एलर्जीपीडितलाई खुसीको खबर
तपाईं एलर्जीबाट पीडित हुनुहुन्छ – हुनुहुन्छ भने ढुक्क हुनुहोस्- तपाईंलाई क्यान्सर लाग्ने सम्भावना कम छ । टेक्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले यस्तै परिणाम देखाएको बताइएको छ । यदि कोही दमबाट पीडित छ भने उसलाई अण्डाशयको क्यान्सर हुने सम्भावना अरूको तुलनामा ३० प्रतिशत कम हुन्छ भने जन्मजात एलर्जीबाट प्रभावित व्यक्तिलाई क्यान्सर रोगले हुने सम्भावना सामान्य मानिसको तुलनामा ४० प्रतिशत कम हुने मिनोसेटा विश्वविद्यालयका चिकित्सकहरूको दाबी रहेको छ । एलर्जीबाट प्रभावित मानिसमा रोग प्रतिरोधक क्षमता बढ्ता हुने र घातकभन्दा घातक रोग पनि झेल्न सक्ने अनुसन्धानले देखाएको छ । – नविन उप्रेती