एकादेशमा नेपाल थियो, त्यहाँ गणतन्त्र थियो
त्यही तन्त्रको नाममा त्यसले दिनु सास्ती दियो
पीडा पोख्न पहिचानलाई शालीन आदेश आयो
लोकमै चर्चित सद्भावले छातीमा गोली खायो
लोकतन्त्र छ भनी–भनी जनताले गीत गाए
एक–एक गरी पत्रकारले दह्रो गोदाइ खाए
बाहुबली आदित्यादि मिली खानुसम्म खाए
दुईछाक खान जनताले बाउनु मुख बाए
कसैले केही पाएन आखिर भान्सेले सारा खाए
थाप्लोमा हात राखी जनले गाइने गीत गाए
तुषारापात भो सपनामाथि अग्रगमनको खेती
वाक्क भई गर्जिन थाले महाकाली र सेती
आफैं मालिक हुने भनी दुनियाू दङ्ग पर्यो
ओरालो लाग्दा पराईले पनि आगोमा घ्यू छर्यो
नीलकण्ठ भई जनताले सहेर बस्दै गए
नेता भनिने मनुष्य पनि नालायक बन्दा भए
सर्वसत्तावादको नारासूगै सबै तात्न थाले
कस्तो होला गणतन्त्र यो दिउँसै बास्छ भाले
अहङ्कार र मूर्खतामा मानिस रमाउन थाले
श्रीपेच नरहे देशै रहन्न भन्नुभाथ्यो बाले । – बालकुमारी, ललितपुर
प्रतिक्रिया