तपाईंको दृष्टिमा– गायक रामकृष्ण ढकाल

तपाईंको दृष्टिमा– गायक रामकृष्ण ढकाल


गायक रामकृष्ण ढकाललाई चिनाउन लामो परिचयको आवश्यकता छैन । नाम र उनको कर्म नै परिचय भइसकेको छ । आधुनिक गायनका सिद्धहस्त गायक ढकाल यतिबेला विश्वविख्यात भारतीय गायिका लत्ता मंगेश्करसँग युगल गीत गाएपछि चर्चाको चुलीमा पुगेका छन् । जुन एल्बम ‘बाँचुन्जेल’ बजारमा अब चाँडै आउँदै छ । नेपाली गायन फाँटमा सभ्य, शालीन र भद्र गायकको पहिचान बनाएका ढकालको भोगाइमा जीवन र जगत् के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ ‘तपाईंको दृष्टिमा’का लागि राजन घिमिरेले गायक ढकालसँग गरेको कुराकानी ।
० जीवन के हो ?
– सङ्घर्ष
० प्रेम के हो ?
– अनुभूति
० सुन्दरता के हो ?
– हेराइ
० मन के हो ?
– मानिसको कमजोर पक्ष
० भावना के हो ?
– अन्तरमन
० विवाह के हो ?
– सम्झौता
० बन्धन के हो ?
– गुम्सिनु
० अपमान के हो ?
– चुनाती
० इज्जत के हो ?
– प्रतिष्ठा
० बेइज्जती के हो ?
– मनोबल गिर्नु
० मिलन के हो ?
– सुखद क्षण
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– जोश
० बालापन के हो ?
– जीवनको सुन्दर क्षण
० तृष्णा के हो ?
– प्यास
० रिस के हो ?
– विनाश
० जोस के हो ?
– आत्मविश्वास
० नसा के हो ?
– बानी
० यौन के हो ?
– सृष्टिको देन
० सन्तुष्टि के हो ?
– समाप्ति
० कर्तव्य के हो ?
– जिम्मेवारी
० विश्वास के हो ?
– कमाइ
० असल के हो ?
– विचार
० खराब के हो ?
– धोका
० सबैभन्दा ठूलो धोका के हो ?
– आफूलाई ढाँट्नु
० दुःख के हो ?
– जीवनको पाटो
० सुख के हो ?
– खुसी
० खुसी के हो ?
– शान्ति
० आनन्द केमा छ ?
– मनको खुसीमा
० मित्र को हो ?
– दुःखको साथी
० शत्रु को हो ?
– सजगता
० सङ्घर्ष के हो ?
– जीवन
० प्राप्ति के हो ?
– उद्देश्य
० आस्था के हो ?
– मान्यता
० धर्म के हो ?
– आस्था
० नैतिकता के हो ?
– संस्कार
० चरित्र के हो ?
– सम्पत्ति
० ज्ञान के हो ?
– सबैभन्दा ठूलो धन
० बुद्धि के हो ?
– विकासको बाटो
० सम्झौता के हो ?
– गर्नैपर्ने कुरा
० सृष्टि के हो ?
– सिर्जना
० गुरु को हो ?
– आदर्श
० राजनीति के हो ?
– व्यावहारिकता
० देश के हो ?
– पहिचान
० समाज के हो ?
– परिवार
० पद के हो ?
– प्रतिष्ठा जिम्मेवारी
० विकास के हो ?
– उन्नति
० व्यापार के हो ?
– आत्मनिर्भरता
० अनुशासन के हो ?
– व्यक्तिको पहिचान