रसुवा बस दुर्घटनामा मृतकको संख्या ३६

रसुवा बस दुर्घटनामा मृतकको संख्या ३६


Rasuwa-Bus Accdent
काठमाडौं । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नंको बस मंगलबार दिउँसो १ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेकोे छ । उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट करिब ५०० मि तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो । घटनास्थलमै चाहिँ २९ यात्रुको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त बसमा करिब ८९ यात्रु रहेको र घाइतेमध्ये तीनजना जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि घर फर्केका छन् । मृतकका शवहरु जिल्ला अस्पताल धुन्चेमा राखिएको र बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने बताइएको छ भने मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा महिला १४, पुरुष २० बालक एक, बालिका एक छन् । तीमध्ये त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा एक, त्रिशूली अस्पतालमा पाँच, जिल्ला अस्पताल धुन्चेमा एक र घटनास्थलमा २९ जनाको मत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये गुल्जुङ गाविस–५ का तीन वर्षीय बालक निमाटासी तामाङको मात्र सनाखत भएको छ ।