प्रजातान्त्रिक योद्धाहरू रहेनन्

प्रजातान्त्रिक योद्धाहरू रहेनन्


Nepali-Congress-Party-Flagपार्टीका दुई कुशल योद्धाको निधन भएकोमा नेपाली काङ्ग्रेसले दुःख व्यक्त गरेको छ । विसं २०२८ देखि काङ्ग्रेसमा आबद्ध भई नेपाली काङ्ग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ उहाँ संलग्न हुँदै आउनुभएका स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं १२ निवासी सुनबहादुर गुरुङको ७१ वर्षको उमेरमा शनिबार आफ्नै निवासमा निधन भएकोमा काङ्ग्रेसले दुःख प्रकट गरेको हो । यसैगरी पर्वत जिल्ला निर्वाचन क्षेत्र नं २, उराम गाविस निवासी पूर्णचन्द्र भुसालको ८१ वर्षको उमेरमा कात्तिक २ गते निधन भएको पार्टीले जनाएको छ । विसं २००७ को क्रान्तिदेखि काङ्ग्रेसमा संलग्न रहनुभएका स्वर्गीय भुसाल काङ्ग्रेस जिल्ला कार्यसमिति पर्वतको सदस्य, निर्वाचन क्षेत्र नं २ को पूर्व क्षेत्रीय उपसभापति, उराम गाउँ कार्यसमितिका पूर्वसभापति हुनुहुन्थ्यो । स्वर्गीय भुसाल राजनीतिक क्षेत्रमा संलग्न रहनुका साथै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध रहँदै आउनुभएको नेका पार्टी मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा जनाइएअनुसार काङ्ग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा दुबै प्रजातान्त्रिक योद्धाहरू सक्रिय थिए । काङ्ग्रेसले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।