
उमेर उनको पचासी भयो । हाम्रोजस्तो समाज या संस्कृतिमा त यस उमेरसम्म बाँचेकाहरू भजनकिर्तन गर्ने, नातिनातिनासँग भुलेर समय बिताउने, आफूसँग भएका धन–सम्पत्ति दान गरेर आत्मसन्तुष्टि लिने गर्छन् । तर, यी अमेरिकी जिजुआमाको स्वभावचाहिँ अचाक्लीकै रहेछ । डोरिस पेन नामकी यि बृद्धा पछिल्लो पाँच दशकदेखि संसार घुम्ने र विभिन्न शहरका पसल तथा मलमा घुसेर महँगा सामान चोरी गर्ने कर्ममा लिप्त रहिछिन् । यस अवधिबीच उनले करिव २ मिलियन डलरबराबरका गरगहना एवम् महँगा सामानको चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लोपटक जर्जियास्थित एक पसलबाट कानमा पहिरिने गहना चोरी गर्दैगर्दा उनी एटलान्टा पुलिसको फन्दामा परेकी हुन् । प्रहरीले उनको केस हिस्ट्री खोज्दै जाँदा त्यस्ता थुप्रै चोरीका मामला खुलासा भए, जसका लागि बृद्धा डोरिस जिम्मेवार थिइन् र विभिन्न राज्यका प्रहरीले उनको खोजी गरिरहेका थिए । पटक–पटक प्रहरी गिरफ्तारीमा परेर पनि बानी नसुध्रिएकी डोरिसमा बाल्यकालदेखि नै चोरी गर्ने आदत बसेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया