यतिबेला सामाजिक सञ्जालमा यो तस्बिर भाइरल बनेको छ । नबनोस् पनि किन, जहाँ भर्खरै सुन्दरी प्रतियोगिता जितेकी एक सुन्दरी सडक सरसफाइ गर्ने महिलाको पाउ छुँदै छिन् । यो दृश्य कुनै सिनेमा वा नाटकको नभई वास्तविक नै हो । थाइल्यान्डकी १७ वर्षीया खानित्था पासायङ हालै आयोजित ‘मिस अनसेन्सर्ड न्युज थाइल्यान्ड २०१५’ जितेपछि आफ्नी आमाप्रति सम्मान प्रकट गर्न यसरी आमाको पाउ परेकी हुन् । प्रतियोगितामा विजयी घोषणा भएर थाइल्यान्डस्थित होम टाउन पुग्नेबित्तिकै शिरमा चम्चमाइरहेको मुकुट, सिल्कको ड्रेस र हाई हिल्ससहित मिन्ट नामले समेत चिनिएकी सुन्दरी खानित्था सडकमा फोहोर उठाइरहेकी आफ्नी आमाको खुट्टामा घोप्टिइन् । त्यो दृश्यले छरछिमेकीहरूको हृदय त रसायो नै, आफ्नी आमाले दुःख गरेर उक्त पोजिसनमा पु-याएकोप्रति सम्मान गर्ने सुन्दरीको सत्व्यवहारप्रति संसार नै नतमस्तक भइदियो । आजको जमानाकी युवती आफ्ना अभिभावकप्रति यति श्रद्धाभाव राख्ने हुनु प्रेरक र प्रशंसनीय कुरा नै होइन र ?
प्रतिक्रिया