वैदेशिक रोजगार विभागमा दलालको कमाई दैनिक पाँच लाख

वैदेशिक रोजगार विभागमा दलालको कमाई दैनिक पाँच लाख


Rojgar bivag
काठमाडौं । म्यानपावर व्यवसायीहरुले फेरि नक्कली फाइल चलाउन शुरु गरेका छन् । नक्कली कागजातका आधारमा वैदेशिक रोजगारीमा पठाएको भन्दै अख्तियारले ४७ म्यानपावरलाई कार्वाही गर्न मन्त्रालयलाई निर्देशन दिए पनि कार्वाही कागजमा थन्किएको छ । ६५ बढी म्यानपावर कम्पनीहरुले नक्कली कागजातका आधारमा वैदेशिक रोजगारीमा पठाएको सबुद प्रमाण सहित अख्तियारले छानविन गरेर मुद्दा दायर गरे पनि घुसको चलखेलका कारण यो सफल हुन सकेन ।

विगत दुई महनादेखि तराइमा चलेको आन्दोलनको फाइदा उठाउँदै मानव तस्करहरुले वैदेशिक रोजगारीको नाममा नक्कली कागजातका आधारमा मानव तस्करी गरिरहेको सुचना प्राप्त भएको छ । राजनीतिक दलदेखि नियमनकारी निकायको संलग्नतामा मानव तस्करी भैरहेको श्रोतले दाबी गरेको छ । यो विगतदेखिकै परम्परा हो ।

सरकारले सुन्य लागतमा रोजगारीमा पठाउने निर्णय गरे पनि म्यानपावर व्यवसायी, एजेन्ट मानव तस्करहरुले सुन्य लागत लागु गरेका छैनन् । व्यवसायीहरुले जनही पचास हजारदेखि १२ लाखसम्म लिएर खाडी लगायतका मुलुकमा कामदार पठाउने तर नगदी रसिदभने दस हजारको मात्रै दिने गरेका छन् । रोजगारीको लागि जाने सम्बन्धित मुलुकमा तलबमानको आधारमा नेपालमा अवैध रकम असुल्ने गरिन्छ । थोरै तलबमान छ भने पचास हजारमाथि र धेरै तलवमान भए जनही १२ लाखसम्म लिने गरिएको छ । कतार मुलुकमा फ्रि भिजा र टिकट हुने गर्दछ । पछिल्लो समय खाडीलगायत मलेसियामा समेत सुन्य लागत लागु भैसकेको अवस्थामा समेत सरकारको निर्णय व्यवसायीहरु मानेका छैनन् । सर्सती हेर्दा म्यानपावर व्यवसायीहरुले राज्यलाई कर, राजस्व समेत छलिरहेका छन तर यसको कुनै खोजीनिती नै भएको छैन । बाह्र लाख उठाउने, दस हजारको रसिददिने बाँकी रकम एकलौटी खल्तीमा ।

अर्को तर्फ नेपाली चेलीवेटी बेचबिखनका प्रमुख डन मानिएका अमृत ढकाल ‘मुन्द्रे’लाई सरकारका नियमनकारी निकायहरु प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो–सिआबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले संरक्षण गरेर पालेका छन् । नक्कली कागजात र फाइल खडा गरी व्यक्तिगत रुपमा म्यानपावर व्यवसायी, एजेन्ट, ट्राभल्स, होटल, गेष्टहाउस सञ्चालकहरुले झारेका भिजालाई अमृत ढकाल मुन्द्रेमार्फत वैदेशिक रोजगार विभागले ठूलो धनराशी घुस लिएर श्रमस्वीकृति दिने गर्दछ ।

आन्दोलनका कारण अन्यव्यवसाय धरापमा परेको र रकमको चलखेलका लागि सोझा नागरिकलाई सिधै बेचेर सरकार लगायत नियमनकारी निकायहरुले खर्चबर्च चलाउन थालेको पुष्टि हेर्न टाढा जानु पर्दैन । मुन्द्रे र ताहाचलस्थित रहेको वैदेशिक रोजगार विभाको काठमाडौं कार्यालयका कागजात हेरे पुग्छ । व्यक्तिगत र नक्कली फाइलबाट श्रमस्वीकृति निकालेर अमृत ढकाल ‘मुन्द्रे’ले दैनिक ५ लाख बढी कमाउने गरेका छन् ।