पेट्रोलियम पदार्थको उत्खनन अन्योलमा

पेट्रोलियम पदार्थको उत्खनन अन्योलमा


पेट्रोलियम पदार्थको उत्खनन अन्योलमा
काठमाडौं । खानी तथा भूगर्भ विभागले २०३३ सालमा चुरे तथा तराई समेट्ने गरी सर्वेक्षण गरेर विदेशी कम्पनीलाई जिम्मा लगाएको परेको छ । खानी विभागले ०३९ सालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि परियोजना गठन गरेर उत्खननका लागि विदेशी कम्पनीलाई जिम्मा दिए पनि काम नभएपछि उत्खननको काम अन्योलमा परेको हो ।
“परियोजना गठन भएसँगै देशको चुरे तथा तराई क्षेत्रलाई १० वटा क्षेत्रमा भाग लगाएर विदेशका विभिन्न कम्पनीलाई अनुसन्धानका लागि जिम्मा दिइएको थियो तर सुरक्षाका कारण देखाउँदै उनीहरुले काम गरेनन्”, परियोजना प्रमुख डा. सोमनाथ सापकोटाको भनाई छ । विदेशी कम्पनीले नेपालमा आफ्नो लगानीको सुरक्षा नदेख्ने र देशमा स्पष्ट ऐनकानुन नहुँदा काम हुन नसकेको उनले दाबी गरे ।

सरकारले पेट्रोलियम अन्वेषणका लागि छुट्टाछुट्टै क्षेत्रमा छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो । जिम्मा दिइएका कम्पनीमा सेल कम्पनी अमेरिका, इमिरेट्स एसोसिएसन गु्रप युएई, केएन इनर्जी गु्रप बेलायत, टेक्साना रिसोर्सेस कम्पनी अमेरिका र विविवि च्याम्पियन्स अमेरिका रहेका थिए । परियोजनाका वरिष्ठ भूगर्वविद् डा. गणेश त्रिपाठीले परियोजनाले पेट्रोलियम अनुसन्धानको काम छिटोे अगाडि बढाउने बताए। उनले विदेशी कम्पनीले लगानीको सुरक्षा देखाउँदै काम नगरेकाले उनीहरुको सम्झौता रद्द गरिएको उल्लेख गरे ।

उनले भने, “पहिला सरकारले गरेको सम्झौताअनुसार विदेशी कम्पनीले काम नगरेपछि हामी नयाँ बोलपत्र आह्वान गरेर अगाडि बढ्न लागेका छौँ ।” यस्तै अध्ययनका लागि परियोजनाले २१ वटा डाटा प्याकेज तयार गरेको छ ।