:: बाबुराम लामिछाने
इतिहासले काङ्गे्रसलाई प्रतिपक्षमा उभ्यायो । यो स्वाभाविक परिणाम थियो । तर, घटनाक्रमले उसलाई प्रतिरक्षामा उभ्यायो । योचाहिँ अस्वाभाविक र अनपेक्षित भयो । कांग्रेस युद्ध जितेको सिपाही हो । लोकतन्त्र र निरङ्कुशताबीचको शृङ्खलाबद्ध लडाईंमा पटकपटक जित्दै आएको कांग्रेसले पछिल्लोपटक राजाको निर्दलीय र माओवादीको एकदलीय निरङ्कुशतालाई एकैचोटी जितेर लोकतन्त्रको रङ्गशालामा उभ्याएको छ । त्यही रङ्गशालामा भएको जनमतको खेलमा एक एक गरेर जनताका भोट गन्दै सिंहदरबार छिरेका नन्दकिशोर पुन र कमल थापाहरू शासनसत्तामा उक्लनु कांग्रेसको विजय हो । उसले हारेको भए कि राजतन्त्रको जीत हुन्थ्यो र आज ‘बुझेँ… बुझेँ…’ भन्दै कमल थापालाई अघिपछि लाएर अभिनन्दन खान हिँडेका ज्ञानेन्द्रहरूको दर्शनभेटका लागि हामीजस्ता युवा सडकमा लामबद्ध भएर उभिएका हुन्थ्यौँ, होइन भने जीत कि माओवादीको हुन्थ्यो र हामीचाहिँ रोल्पा–रुकुममा नन्दकिशोरहरूसँग बन्दुक चलाउने तालिम लिएर परेड खेलिरहेका हुन्थ्यौँ । तर, उनीहरूले हारे । बन्दुक फाले । हात जोडेर भोट मागे । सत्तारोहण गर्नुअघि लोकतन्त्रको सपथ खाए । यही हो काङ्गे्रसचिन्तनको जीत ।
तथापि, ऊ जितेकोजस्तो देखिएको छैन । लोकतन्त्रको युद्ध जितेका काङ्गे्रसी सिपाहीहरू निरस र निन्याउरो मुख लगाएर दुलाभित्र पसेका छन् । कम्युस्टिहरूको रणनैतिक आक्षेपको पिछलग्गु भएर कति आपैंmलाई गाली गर्दैछन्, कति अपराधबोधको मनोरोगले ग्रसित छन् त कति तिनै कम्युनिस्टहरूले लगाएका ‘अराष्ट्रवादी’ आरोपलाई चुपचाप सहिरहेका छन् । लाग्छ– प्रतिरक्षा र प्रतिवादको सामथ्र्यसमेत गुमाएको छ यतिखेर काङ्गे्रसले । अरू त अरू, स्वयं कांग्रेसकै थिङ्कट्याङ्क भनिने बौद्धिक र आशलाग्दा नेताहरूको बौद्धिकविलास पनि आत्मनिन्दामा केन्द्रित हुँदा तल जनस्तरसम्म त्यसको प्रभाव पर्नु स्वभाविक हो र परिरहेको छ । प्रकोपमाथि थपिएको अभावले आक्रान्त जनता र उनका कार्यकर्ता काङ्गे्रस नेताहरूले आपूmमाथि लागेका आक्षेपको प्रतिवाद नगर्दा दुःखी छन् । के हुन् त काङ्गे्रसका गल्ती ? के ऊ राष्ट्रियता नभएको विदेशी दलाल नै हो त ? अहिलेको अभाव र यसको समाधानमा कांग्रेसको धारणा के हो ? उसको छिमेकीसँग यतिबिघ्न सम्बन्ध बिग्रनुको कारण के हो ? कहाँ झुकेको हो ? कहाँ चुकेको हो ? आम मानिसका यी जिज्ञासा कांग्रेसका लागि यक्ष प्रश्न भएर खडा छन् जसको सही ढङ्गले निराकरण गर्दा उसलाई टिक्न र बिक्न सजिलो छ अन्यथा उसलाई यी आक्षेपको भारीले थिचेकोथिच्यै पार्न पनि सक्छ ।
देशमा थपिएका पछिल्ला समस्या संविधान र सत्ताको सन्दर्भमा सिर्जित भएका हुन् । संविधान निर्माणसँगै छिमेकी भारत बेखुस देखिनुको अन्तर्य यद्यपि प्रष्टसँग बाहिर आएको छैन । उसको बेखुसी प्रकट गर्ने शैली जतिसुकै कमजोर भएपनि जानिफकारहरू भन्छन्ः धर्मको विषयमा नेपाली जनता, उत्तरको छिमेकी, दक्षिणको छिमेकी कसैको कुरा सुनिएन र अरू नै कसैको आडमा नेताहरूले निर्णय गरे जसबाट नेपालको सांस्कृतिक राजनीतिमा पर्ने सम्भावित पश्चिमी प्रभावको असर यो उपमहाद्विपमै पर्ने र सिमाना जोडिएका छिमेकीहरूलाई अझ बढी पर्ने आँकलन भारतको छ र यसमा उसको चित्तदुखाइ सबभन्दा बढी कांग्रेससँग छ । यसअघिका सबै राजनीतिक मोडहरूमा भूमिका पाएको-लिएको छिमेकी देश संविधान निर्माणको क्रममा भूमिका नपाउँदा चिढिएको हो भने ऊ सबभन्दा बढी तत्काल मुलुकको नेतृत्व गरिरहेको कांग्रेससँग चिढिएको छ । तर, प्रोपोगान्डा यसको ठीक विपरीत छ । एमाले र एमाओवादीले कांग्रेसलाई भारतपरस्त भन्दै राष्ट्रियताविरोधीमा दर्ज गर्न भएभरको शक्ति र सामथ्र्य खर्चिएका छन् । यस्तो पेचिलो आक्षेप लगाइएको छ कि काङ्गे्रसले आपूm भारतविरोधी हूँ भन्न पनि सक्दैन-मिल्दैन, नभन्दा वामपन्थीहरूले ‘अराष्ट्रवादी’ भनेको भन्यै छन् । यतिखेर कांग्रेसले जिम्मेवार र परिपक्व शैलीमा आपूmमाथि लागेका आक्षेपको निराकरण गर्नुपथ्र्यो । गरेन । दोस्रोपुस्ताका र वौद्धिक भनिने नेताहरूले यो दायित्व बहन गर्नुपथ्र्यो । गरेनन् ।
त्यसैले कम्युनिस्टहरूले लगाएका आरोपले कांग्रेसका तलका कार्यकर्तालाई प्रतिरक्षामा उभ्याएको छ । काङ्गे्रसमाथि ‘भद्र सहमति’ उल्लंघन गरेको झन् ठूलो लाञ्छना छ । एमाले र एमाओवादीले लाञ्छनाको जुन तालमा मादल बजाउछन् काङ्गे्रसका एकथरी नेता त्यही तालमा नाचेका देखिन्छन् । के हो भद्र हसमति ? कुन मितिमा गरिएको थियो ? मुलुकको पहिलो पार्टीले दोस्रो भएर पनि बराबर सत्ता सेयर गर्दैआएको पार्टीलाई प्रधानमन्त्री नै दिने गरी कपाली तमसुक गर्नुपर्नाको कारण के थियो ? के शर्तमा यो सहमति गर्न एमालेले बाध्य पारेको थियो ? केही थिएन रपनि दिने सहमति गरिएको हो भने पछि किन नदिएको ? यी प्रश्नको उत्तर कांग्रेस नेतृत्वले नदिँदा ऊ कमजोर देखिएको छ ।
परिवर्तनका ऐतिहासिक मोडहरूलाई नेतृत्व गर्दैआएको कांग्रेसले सौभाग्यवस संविधान निर्माणको कालखण्डलाई पनि नेतृत्व गर्न पायो । तर, यसपटक उसले यो गुरुत्तर दायित्व बहन गरेर पनि जस लिन सकेन । कांग्रेसले देशको नेतृत्व नगर्दा मुलुक एक इन्च पनि अघि बढ्न सक्दैन भन्ने प्रमाणको रूपमा २०६४ देखि २०७० सम्मको इतिहास साक्षी छ । माधव नेपाल, झलनाथ, प्रचण्ड र बाबुरामको पालैपालो नेतृत्वले मुलुकलाई एक इन्चपनि अगाडि बढाएन । ०७० को निर्वाचनपछि राजनीतिले कांग्रेसलाई फेरि सत्ताको नेतृत्वमा पु¥यायो । र, गिरिजाप्रसादले छाडेकै ठाउँबाट उठाएर सुशीलले रानीतिलाई काँध थापे र डेढ वर्षमै संविधान दिलाए । संविधानको दीपावलीले भलै सबैको मन उज्यालो पार्न नसकेपनि एउटा सङ्क्रमणबाट डिपार्चर भएकै छ । यसको जस न सुशीलले लिन सके न काङ्गे्रसले । राजनीतिमा पनि बोल्नेको पिठो बिकेको छ ।
मुलुकभर ओली–प्रचण्डको देवत्वकरण र सुशीलको दानवीकरण गरिएको छ । ठीक यही बेला केन्द्रीय समितिमा सदस्यहरूले नेताबाट जवाफ मागेका छन् । तर, नेतृत्वसँग जवाफ छैन । यसकारणले छैन कि ऊ ब्यवस्थापनमा चुकेको छ । न उसले छिमेकीसँगको कूटनीति व्यवस्थापन गर्न सक्यो, न दबाबको निसानाबाट बच्न सक्यो, न उत्ताउलो नै भए पनि देशभित्रको जस लिन सक्यो । नेतृत्वले कहिलेकाहीँ अलोकप्रिय निर्णय पनि लिन सक्नुपर्छ । न दूरदृष्टि राखेर त्यस्तो निर्णय लिएको छ कांग्रेसले । सनातन संस्कृति बचाउन ९२ प्रतिशत जनताले दिएको सुझावविपरीत प्रचण्ड रिझाउने कित्तामा उभियो काङ्गे्रस । तिनै प्रचण्डले आज सुशील र गगनहरूलाई नायकबाट खलनायक बनाइदिएका छन् र आपूm र नन्दकिशोरहरू खलनायकबाट नायक बन्न आइपुगेका छन् । ब्यालेट राजनीतिले सम्माननीय पद दिलाउँदा नन्दकिशोर र ओनसरीहरूलाई हिजोको बुलेट राजनीतिप्रति गुनासो वा गर्व जे होला त्यो उनीहरूका निजी कुरा हुन् ।
देशमा स्थापित भएको ब्यालेट राजनीतिका लागि काङ्गे्रसले जीत दर्ता गराउनुपर्नेमा नसक्नु उसको कमजोरी हो । आज सत्ताबाट बाहिर परेको काङ्गे्रसलाई समयले पुनः संवैधानिक पदको जिम्मेवारी दिँदै जाला । त्यो ठूलो कुरा रहेन । मुख्य कुरा आन्तरिक राजनीति र बाह्य कूटनीतिको व्यवस्थापनमा यसरी पटक पटक चुक्नु हुँदैन । उसले तत्कालै आपूmमाथि लागेका आक्षेपहरूको चित्तबुझ्दो खण्डन गर्नृपर्छ । संसदभित्रको गणितले प्रतिपक्षमा पु¥याएपनि जनताको म्यान्डेटले पहिलो स्थानमा रहेको काङ्गे्रसका सामु अहिले मूलतः तीनवटा दायित्व छन् । १. देशको शिर नझुक्नेगरी छिमेकीसँग बिग्रिएकोे सम्बन्धलाई सामान्यीकरण गर्नु । २. तराई-मधेस लगायत संविधानप्रति असन्तुष्ट पक्षहरूलाई चित्त बुझाई संविधान कार्यान्वयन गर्दै देशभित्रको अभाव र अन्योलको अन्त्य गर्न प्रमुख भूमिका खेल्नु र तराई÷मधेससँग सम्बन्ध बिच्छेद होइन जोड्ने काम गर्नु । ३. पार्टीभित्र नेतामुखी नभई नीतिमुखी प्रवृत्तिको विकास गर्नु । यी कार्य गर्न काङ्गे्रसले अब आफ्नै विगतको समिक्षा गर्नैपर्छ । पार्टीका कार्यकारी र सत्ताको जिम्मेवारीमा निरन्तर खुट्टा घुमाउनेहरूले यो क्षतिको जिम्मेवारी लिनुपर्छ ।
प्रतिक्रिया