पत्रकार गिरी रहेनन्

पत्रकार गिरी रहेनन्


काठमाडौं । मस्तिष्कघातका कारण उपचारार्थ अस्पताल भर्ना भएका पुराना पत्रकार डम्बरकुमार गिरीको निधन भएको छ । ५० वर्षीय गिरीको ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०२२ जेठ ३ गते शनि–अर्जुन नगरपालिका–६, सालघारी, झापामा स्वर्गीय पत्रकार गिरीका पितामाता, श्रीमती र दुई छोरी छन् ।

‘भूगोल मासिकका सम्पादक तथा प्रकाशक गिरीले विसं २०४० देखि ‘कुटुम्ब’ साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गरेका हुन् । पत्रकारिता र साहित्यमा क्रियाशील उनका ‘हिमालकी छोरी : पासाङ ल्हामु’, ‘युग पुरुष’, ‘विचार कुञ्ज’, ‘पवित्र क्रान्ति’, ‘ब्रह्मास्त्र’ आदि पुस्तक प्रकाशित छन् । उनले ‘जनता’, ‘छलफल’, लालिमा’, ‘सम्बोधन’, ‘अनुगमन’ आदि पत्रिकामा पनि काम गरिसकेका थिए । उनी नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य पनि थिए। उनले भारतीय नेपाली साहित्यको प्रवद्र्धनमा पनि योगदान दिएका थिए ।