काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता स्व. गणेशमान सिंहको १०१औँ जन्मजयन्ती मनाइएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दीको विकल्प खोज्न सबै दल एक हुनुपर्ने बताए । कार्यक्रममा उनले नेपालमै भएको प्राकृतिक स्रोत सम्पदालाई प्रयोग गरी नाकाबन्दीको विकल्प खोज्नुपर्ने तर्क गरे ।
०४६ को जनआन्दोलनका नायक गणेशमान सिंहले सबै दललाई एक गराएर जनआन्दोलनको नेतृत्व गरे जस्तै अब सबै दलहरू मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने नेता सिंहको कथन थियो । वर्तमान राजनीतिमा स्व. गणेशमान सिंहले गरेको जस्तो त्यागको खाँचो रहेको औँल्याउँदै महामन्त्री सिंहले स्वर्गीय गणेशमान लोकतान्त्रिक मूल्य मान्यता र प्रजातन्त्र प्राप्तिका लागि बिना स्वार्थ लड्ने व्यक्ति भएको जिकीर गरे ।
प्रतिक्रिया