पारिजातको ८४ औं जन्म-जयन्ती

पारिजातको ८४ औं जन्म-जयन्ती


उपरोक्त सम्बन्धमा नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य संगीत र संस्कृतिको जगेर्ना गर्दै आइरहेको छ । यो संस्थाले केही बर्षअगाडि देखि नेपाली साहित्य र संगीतलाई महत्वपुर्ण योगदान दिइरहेका एक जना स्रष्टालाई अभिब्यक्ति श्रृङखला नामक कार्यक्रममा मन्च प्रदान गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै नेपाली नयाँ बर्ष र वरिष्ठ साहित्यकार पारिजातको ८४ औं जन्म-जयन्तीको अवसरमा अभिब्यक्ति श्रृङखला भाग – ४ को आयोजना गर्ने भएको छ । यस पटक बरिष्ट संगीतकार किशोर गुरुङ्गलाई प्रतिष्ठानले मन्चमा उभ्याउँदै कवि विजय हितान मगरको कविता संग्रह “विछोड अघिको रात” विमोचन गर्ने भएको छ । त्यसैले उक्त कार्यक्रममा स्रष्टाको हैसियतले उपस्थित कार्यक्रमको शोभा बर्ढाई दिन हुन हार्दिक अनुरोध गर्दछौ ।
मितिः- १६ एप्रिल २०११
समयः- ठीक दिउँसोको १२ बजे
स्थानः-St Martins Community Centre, Queen Aveneu, Folkestone, Kent, UK CT20 3JD
नोट – उक्त कार्यक्रममा कविता वाचन तथा गीत गाउन पनि सक्नु हुनेछ । ने.प्र.प्र.वेलायत