
काठमाडौं । विपक्षमा रहँदा संसदमा कुर्सी प्रहार गरेर चर्चामा आएका वर्तमान सरकारका सिंचाइमन्त्री ले सर्वसाधारण मान्छेलाई पेट्रोल छरेर आगो लगाउने, एम्बुलेन्स जलाउने, औषधि बोकेका गाडी तोडफोड गर्ने, पुल भाँच्ने, सुरक्षाकर्मीलाई घुँयत्रो र ढुङ्गा हान्नेजस्ता आन्दोललाई शान्तिपूर्ण भन्न नसकिने धारणा प्रकट गरेका छन् । हाल जारी मधेस आन्दोलनतर्फ संकेत गर्दै मन्त्री यादवले यस्तो अभिव्यक्ति दिएका हुन् ।
महोत्तरी, धनुषा र सिन्धुली जिल्लाका सिंचाइ आयोजनाको स्थलगत अवलोकन र नयाँ सम्भावनाबारे अध्ययन गर्ने सिलसिलामा बर्दिवास पुगेका यादवले सञ्चारकर्मीसँगको भेटघाटमा संविधान लेखन र घोषणासम्मको यात्रासँगै गरेका दलको एकताले मात्र राजनीतिक गतिरोधलाई संवैधानिक रुपमा निकास दिन सकिने बताए । विद्यमान राजनीतिक समस्याको निकासका लागि लोकतान्त्रिक शक्तिबीच सहकार्यमा उनले जोड दिए ।
मधेस मुद्दा सम्बोधनका लागि सम्विधान संशोधन आवश्यकरहेको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि संसद्मा आवश्यक सङ्ख्याको अनुमोदन प्रक्रियाका लागि काँग्रेसको सहमतिबेगर सम्भव नभएको दाबी गरे ।
प्रतिक्रिया