प्रधानमन्त्रीलाई रिँगटा लागेपछि…

प्रधानमन्त्रीलाई रिँगटा लागेपछि…


kp oli
जिम्मेवारीको बोझले नराम्रोसँग थिचिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला केही दिनयता थप अस्वस्थ बन्नुभएको छ । मिर्गाैला प्रत्यारोपणपछि पूर्ण रूपले स्वस्थ हुन नसक्नुभएका ओली पछिल्लो समयमा कमजोरी, वाकवाकी लाग्ने र रिँगटा लाग्ने समस्याबाट पीडित हुनुभएको उहाँका निकटवर्तीहरूले जनाएका छन् । ओलीको उपचारको निम्ति हालै सिङ्गापुरबाट चिकित्सक झिकाइएको र बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमै उहाँको उपचार भइरहेको बुझिएको छ । ओलीको उपचारका निम्ति भन्दै आईसीटीसी नामक कम्पनीसँग सम्बन्धित व्यापारी दिनेश श्रेष्ठले सिङ्गापुरबाट चिकित्सक लिएर आएको जानकारी प्राप्त भएको छ । सिङ्गापुरका चिकित्सकको उपचारपश्चात् प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार भएको बुझिएको छ ।