रोचक संयोग : मुख्य भूमिकामा पत्नी र सन्तानविहीनहरू !

रोचक संयोग : मुख्य भूमिकामा पत्नी र सन्तानविहीनहरू !


Picture1
के अविवाहित र सन्तानविहीन मानिस कठोर र दया–मायाविहीन हुन्छन् ? यो प्रश्नको जवाफ मनोविज्ञानले दिइसकेको छैन । नेपाली राजनीतिमा अविवाहित र सन्तानविहीनहरूको वर्चश्व कायम रहेकै बेला नेपालमा असामान्य परिस्थिति उत्पन्न हुनुलाई भने अनौठो संयोग मानिएको छ । विवाह नगर्नेले पनि पत्नीबाट प्राप्त हुने स्तरकै मायाप्रेम अनुभव गर्न सक्छन्, तर सन्तान नहुनेहरूमा सन्तानप्रेमको अनुभूति हुँदैन र अरूका सन्तानले पाएको दु:खकष्टप्रति ती संवेदनशील हुँदैनन् भन्ने विश्वास गरिन्छ ।

पछिल्लो दुई महिनादेखि नेपालीले पाइरहेको दु:खकष्टप्रति सत्ता राजनीतिले दर्शाएको असंवेदनशीलताको कारण सन्तानप्रेमप्रतिको अनुभवविहीनतालाई मान्न थालिएको छ । हाल नेपालको सत्ता राजनीतिमा कार्यकारी प्रमुखको रूपमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विवाहित भए पनि सन्तानप्ेरमको प्राकृतिक अनुभूति उहाँमा छैन । त्यसैले यतिबेला अर्काको सन्तान (आमनेपालीले) ले भोग्नु परिरहेको कष्टप्रति ओली अपेक्षाकृत संवेदनशील देखिनुहुन्न । सत्ता–साझेदार दल एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल अविवाहित हुनुहुन्छ, उहाँहरूको संवेदनशीलता नापजाँच हुन बाँकी नै छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सर्वधन राई पनि अविवाहित हुनुहुन्छ ।

कांग्रेससभापति सुशील कोइराला अव्यावहारिक र असंवेदनशील हुनुको कारण पनि पत्नी र सन्तानविहीनतालाई मानिएको छ । नेपाली राजनीतिमा विगत दश वर्षदेखि निरन्तर चर्चामा रहेका युवा नेता डा. अमरेशकुमार सिंह पनि पत्नी र सन्तानविहीन हुनुहुन्छ । त्यस्तै नेपाललाई दूरगामी ढङ्गले प्रभावित गर्न सक्ने छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री पनि पत्नी र सन्तानविहीन हुनुहुन्छ । किशोरावस्थामा विवाह गरेर पनि पत्नीबाट अलग्गिएर सन्त जीवन व्यतीत गर्नुहुने मोदी कति संवेदनशील हुनुहुन्छ भन्ने बुझिँदै छ । यतिबेला नेपालका लागि भारतीय राजदूत रनजित रे पनि अविवाहित हुनुहुन्छ । नेपाल र भारतबीचको सम्बन्ध असामान्य रहेको यस अवस्थामा अविवाहित र सन्ताविहीनहरू मुख्य भूमिकामा देखिनु आफैँमा रोचक संयोग मानिएको छ ।