झुम्का लगाउने सुरमा सुनिता

झुम्का लगाउने सुरमा सुनिता


गायिका सुनिता दुलालको गीत सुन्ने धेरै छन् । पछिल्लो समय यस्तो भएको छ कि एकथरी महिलालाई सुनिताको गीत नसुनी तिजै आउँदैन । तिजमा चर्चा जति नै भए पनि उनको हिट भएको गीतचाहिँ त्यही एउटा हो, ‘अब त मैले नि झुम्का लगाउँछु…।’
Sunita-Dulal3
उनको स्वर सुन्दा उम्दा भन्ने ठाउँ पनि भेटिँदैन, तर रूप र व्यवहारले सबैभन्दा हिट छिन् । अन्यत्र किन जानुपर्‍यो र, उनकै फेसबुक पेज हेरे थाहा हुन्छ । दश लाख त उनलाई पछ्याउने नै छन् । त्योभन्दा पनि महत्त्वपूर्ण उनले यही वर्ष वास्तविक जीवनमै झुम्का लगाउने निर्णय गरेकी छिन् । उनको भनाइ सही हो भने उनले आफ्नै फ्यान, त्यो पनि आफ्नै उमेरकासँग विवाह गर्ने सुर गरेकी छिन् । हुनेवाला श्रीमान्को बारेमा सोध्यो भने रेडिमेड उत्तर दिन्छिन्, ‘समय आएपछि सबै कुरा भनौँला ।’