सन्नीलाई मन पर्‍यो नेपाल

सन्नीलाई मन पर्‍यो नेपाल


Del6380498
अघोषित नाकाबन्दी लगाएर छिमेकी भारतले नेपालीलाई सास्ती दिइरहेका बेला बलिउडकी चर्चित नायिका सन्नी लियोनीले भने नेपाल र नेपाली असाध्यै राम्रा भएका टिप्पणी गरेकी छिन् । पोर्न स्टार हुँदै बलिउड प्रवेश गरेकी सन्नी हालै तेस्रोपटक नेपाल आएकी थिइन् । आफू ब्रान्ड एम्बेसडर भएको जिङ्क भोड्काको निम्तोमा नेपाल आएकी सन्नीले काठमाडौंको एक क्यासिनोमा हट नृत्यसमेत प्रस्तुत गरिन् । उनले नेपालीलाई ‘राम्रा’ भनेकामा खुसी हुनेको सङ्ख्या कम हुने त सवाल नै रहेन, किनकि सन्नीको फिल्म हेरेर मनोरञ्जन लिने नेपाली दर्शक प्रशस्तै छन् ।