काम गर्ला अनुको ‘साकिरा स्टाइल’ले ?

काम गर्ला अनुको ‘साकिरा स्टाइल’ले ?


anu 4
नेपाली चलचित्र ‘बाजीगर’मा अनु शाहले साकिरा स्टाइलको डान्स गरिन् भन्दै एकथरी चलचित्रकर्मीले खुसी मनाएका छन् । चलचित्रभन्दा बढी म्युजिक भिडियोमा सक्रिय अनु पछिल्लो समय व्यस्त हिरोइनको सूचीबाट बाहिरिएकी छिन् । छोटो लुगा लगाउन कन्जुस्याइँ गर्ने साकिराको बाजीगरको डान्स हेर्नेले यो पनि अनुमान गरेका छन् । बजार पाउनका लागि यो स्टाइल अपनाएको पनि हुनसक्छ ।
भिडियो हेर्दा उनको नृत्य हेरेर गज्जब गरिछिन् भन्ने ठाउँ खासै भेटिँदैन । छोटो लुगाकै बयान गर्नेहरूका लागि भने ठाउँ राखेकी छिन् । गीत जस्तोसुकै होस्, तर अनुको बोल्ड सिन हेर्न चाहनेहरूका लागि पनि उनको यो स्टाइल कामयाब सावित हुन पनि सक्छ ।