प्रियंकाको प्लेट दयाहाङले सेयर गर्दा…

प्रियंकाको प्लेट दयाहाङले सेयर गर्दा…


Priyenka-Daya
अभिनेत्री प्रियंका कार्की र दयाहाङ राईको सम्बन्धबारे धेरै चलचित्रकर्मीले खुसामत गर्ने गरेका छन् । झोले, वडा नम्बर छ, कबड्डी कबड्डीलगायतका फिल्ममा सँगै काम गरेका उनीहरू अचेल आफूलाई एक–अर्काको राम्रो साथी भनेर चिनाउन चाहन्छन् । नेपाली फिल्म उद्योगमा प्राय: कलाकारहरू सहकर्मीको अस्तित्व स्वीकार गर्न सक्दैनन् यस्तोमा उनीहरूले दोस्तीको हात बढाउनु राम्रो हो । तर, काठमाडौंमा आयोजित एउटा पार्टीमा प्रियंकाको प्लेटमा भएको मासु दयाहाङले क्वाप्प खाइदिएपछि उनीहरूको खास सम्बन्धबारे पनि गाइँगुइँ अनुमान सुरु भएको छ । विवाहित दयाहाङले लोग्नेसँग छुट्टिएर बसेकी मस्त हिरोइनको जुठो क्वाप्प खाइदिएपछि ‘सधैँ यसैगरी बाँडीचुँडी खाने त होइनन् ?’ भनी एकथरीले चिन्तासमेत गरेका छन् ।