दीपक–दीपाले सिकाएको पाठ

दीपक–दीपाले सिकाएको पाठ


dipak-Deepa
हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला हरसमय पृथक् देखिन चाहन्छन् । अभिनय होस् या अन्य कार्यक्रममा पनि अरूभन्दा फरक देखिने उनीहरूको प्रयास जारी छ । चलचित्रले ७१औँ दिन पार गरेको अवसरमा केही प्राविधिकलाई बोनसस्वरूप क्यास बोनस दिएर ठूला भनिने निर्मातालाई समेत उनीहरूले एउटा पाठ सिकाएका छन् । खासमा उनीहरूले त्यति धेरै रकम वितरण गरेका भने होइनन् । तर, थोरै नै भए पनि रकम दिएर दीपक–दीपाश्रीले साना प्राविधिकहरूको श्रमको सम्मान गरेका छन् ।
चलचित्रमा भात पकाउने, लुगा मिलाउने, हिरो–हिरोइनको कपाल मिलाइदिने, गह्रुँगा लाइट उचाल्ने प्राविधिकलाई उनीहरूले केही रकमसहित सम्मान गरे । कतिपय निर्माताले काम गराएर समयमा पारिश्रमिक नदिएको अवस्थामा अतिरिक्त बोनस दिने दीपक र दीपालाई सम्मान गर्नैपर्छ । आशा गरौँ– उनीहरूले सुरु गरेको यो सत्कर्ममा अरूले पनि साथ दिनेछन् आगामी दिनमा ।