अनमोलसँग सृष्टि जोडिएपछि…

अनमोलसँग सृष्टि जोडिएपछि…


Anmol kc & Shristi Shrestha 1
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि नेपाली फिल्ममा स्थापित हुने तयारीमा छिन् । बेलायतमा बस्दै आएकी सृष्टिको मिस नेपाल भएपछि नेपाल आउजाउ बाक्लिएको थियो भने एउटा हिन्दी गीतमा मोडलिङसमेत गरेकी थिइन् । हिन्दी गीतमा मोडलिङ गरे पनि उतिसारो भाउ भने पाएकी थिइनन् । तर, अनमोल केसीसँगै चलचित्र ‘गाजलु’मा काम गरेपछि उनको पनि हल्का भाउ बढेको छ । केही वितरकले फिल्मलाई प्रदर्शनअघि नै पैसा दिने आश्वासनसमेत दिएका छन् । पछिल्लो समय नेपाली फिल्मका लागि वितरकले प्रदर्शनअघि नै रकम दिने काम बन्द गरेका छन् । यदि गाजलुले आश्वासनअनुसार प्रदर्शनअघि नै अग्रिम रकम पायो भने सृष्टिले पनि भाउ बढेको महसुस गर्नेछिन् ।