‘हिरो’ बन्न खोज्ने यादव तिरस्कृत

‘हिरो’ बन्न खोज्ने यादव तिरस्कृत


Yadav-SP
जारी मधेस आन्दोलन तुहाउन आफूलाई मधेसको ठेकेदार बताउने नेता नै संलग्न रहेको तथ्य फेला परेको छ । सुन्दा अचम्म लागे पनि वास्तविकता यस्तै भएको छ । मधेस आन्दोलनअन्तर्गत पर्सामा जारी आन्दोलन तुहाउन सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव जिम्मेवार रहेको तथ्य फेला परेको हो । आन्दोलनको बेला मञ्चमा चढेर चर्को भाषण गर्ने यादवले प्रहरी प्रमुखसँग मिलेर मधेसी जनतालाई धोका दिएको चर्चा वीरगञ्जमा चलेको छ ।

दिनभर मञ्चमा प्रहरी–प्रशासनलाई गाली गर्ने यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीसँग साँठगाँठ गर्दै आएका छन् । धेरैजसो कार्यालय र बेलाबेला क्वार्टरमा समेत पुग्ने उनले जनता र कार्यकर्ताको आँखामा आन्दोलनमा लागेको देखाए पनि भित्रभित्रै एसपीसँग मिलेर मालबाहक ट्रक पास गराउने, रकम लिएर फ्याक्ट्री चलाउन दिने, रात्रिबससँग रकम लिएर सञ्चालन गर्न दिने र पैसा नदिने उद्योगीको उद्योग तोडफोड गर्ने, बस तोडफोड गर्ने गरेको स्रोतले पुष्टि गरेको छ । माल पास गराउन, फ्याक्ट्री चल्न दिन उनले एसपीसँग एक दिनमा १६ पटकसम्म कुरा गर्ने गरेको यादव र एसपी लोहनीको कलडिटेलले बताएको छ ।

आन्दोलनलाई निर्णायक मोड दिन सङ्घीय समावेशी मधेसी मोर्चा पनि भदौ ८ गतेबाट शक्ति प्रदर्शनसहित आन्दोलनमा होमियो । सङ्घीय मोर्चाका नेताहरू राजकुमार यादव, शशिकपुर मियाँ, शिव पटेल, प्रेमबाबु पटेल र राजेशमान सिंहलगायतले आन्दोलनलाई दबाबमूलक बनाउन कडा रूपमा प्रस्तुत हुने निर्णय लिए । सोही क्रममा यादवनेतृत्वको मोर्चाले पैसा लिएर चल्न दिएको उद्योग, कलकारखाना, बस सेवा, भन्सारको मालबाहक ढुवानी सबै उक्त मोर्चाले रोक्दै गयो ।

सङ्घीय मोर्चाको गतिविधिबाट आफ्नो दलाली सकिने र जारी आन्दोलनको नेतृत्व पनि गुम्ने स्पष्ट रूपरेखा देखेका यादवले सङ्घीय मोर्चाले नगवामा गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाउन लगाएका थिए । आन्दोलनमा संलग्न नभएका टाँगा–रिक्साचालक, बजारबाट घर फर्किन लागेका र घरबाट बजार जान लागेका सर्वसाधारणसहित घरघरमा जबर