सीमाङ्कन हेरफेर नहुने मन्त्री खरेलको दाबी

सीमाङ्कन हेरफेर नहुने मन्त्री खरेलको दाबी


Agni मन्त्री खरेल
काठमाडौं । मधेसी मोर्चाले प्रदेश सीमामा हेरफेरको विषयलाई बटमलाईन बनाएर आन्दोलन गरिरहेको परिवेशमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले जनता, राष्ट्रियता र मुलुकको अखण्डतालाई अप्ठ््यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर नहुने दाबी गरेका छन् । तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नाकाबन्दी गरेर नेपाली जनताको घाँटी थिचेर प्रदेशको सीमालाई हेरफेर गर्न खोजिए त्यसलाई कुनै पनि हालतमा मान्न नसकिने बताए ।

हिमाल, पहाड र तराई मिलेर बनेको देशलाई त्यसैअनुरुप प्रदेश कायम गर्नुपर्छ भन्नेमा आफूहरु दृढ रहेको बताउँदै मन्त्री खरेलले देशभित्रबाट उठाइएका कुरामा छलफल गरेर सहमतिमा पुग्न सकिने भए पनि बाहिरबाट हुने कार्यलाई कदापि स्वीकार गर्न नसक्ने जनाए ।