डाबर नेपालका खाद्य-सामग्रीमाथि अख्तियारको छापा

डाबर नेपालका खाद्य-सामग्रीमाथि अख्तियारको छापा


cheak jhacha
काठमाडौं । वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा आइतबारअख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट छ जनाको टोलीले सुक्खा बन्दरगाहमा रहेको डाबर नेपाल प्रालिको ९० कन्टेनर जुस, च्यवनप्रास र पाचनचूर्ण नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले म्याद गुज्रिएका जुस, च्यवनप्रास र पाचनचूर्ण भारतको दिल्ली निर्यात गर्नका लागि ड्राइपोर्टमा भण्डारण गरेको सूचनाका आधारमा छापा मारी गरिएको प्रहरीले जनाएको छ ।बन्दरगाहमा रहेका ९० कन्टेनरमध्ये आइतबार १२ वटालाई चेकजाँच गरी परीक्षणका लागि नमुना सङ्कलन गरेको स्रोतले जनायो ।

ड्राइपोर्टमा रहेका डाबरका सबै ९० वटा कन्टेनर चेकजाँच गरेपछि मात्रै सिल गर्ने की नगर्ने भन्ने विषयमा निर्णय गरिने बुझिएको छ । यसैगरी अख्तियारको टोलीले बाराको रामपुर टोकनीस्थित डाबर नेपालको उद्योगमा पनि छापा मारेर चेकजाँच गरिरहेको बुझिएको छ । उता हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा आएको अख्तियारको टोलीले वीरगन्जको गण्डकचोकस्थित डाबर नेपाल उद्योगको भगिनी संस्था लुना ट्रेडिङको गोदाममा समेत छापामारेर चेकजाँच गरिरहेको बताइन्छ ।