निशा पनि अब निर्देशक !

निशा पनि अब निर्देशक !


निशा अधिकारीले अभिनय गरेका कति फिल्म सफल भए भनेर हिसाब गर्ने हो भने आधा दर्जन पुर्‍याउन मुस्किल पर्छ । म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै फिचर फिल्ममा अभिनय सुरु गरेकी निशाले केही समय ‘टीभी फिल्मी’मा जागिरसमेत खाइन् । पछिल्लो समय कपाल मुन्डन गरेर चर्चामा आएकी निशालाई अब भने निर्देशक बन्ने चस्का लागेको छ । यसो भनेर निशाले कुनै ठूलै फिल्म प्रोजेक्टमा निर्देशनको जिम्मेवारी पाइन् भन्ने नठान्नुहोला, उनलाई त जनक पहारीको शब्द रहेको एकल एल्बमको एउटा गीतको म्युजिक भिडियो निर्देशनको जिम्मा हात लागेको हो ।
nisha-adhikari-
स्मार्ट नायिकाको छवि बनाएकी निशाको यो पहिलो निर्देशन भएकाले उनले राम्रो गर्छिन् या नराम्रो भन्न सकिन्न । उनले अभिनय गरेको चलचित्रजस्तै औसतमै सीमित नहोस् भनी कामना भने गर्न सकिन्छ । किनकि, निशाले अभिनय गरेका कुनै पनि चलचित्र औसतबाट माथि उठ्न सकेको छैन । यो अवस्थामा उनको निर्देशन पनि त्यही श्रेणीमा सीमित हुने भयो भने उनी निर्देशक हुनु र नहुनुमा पनि कुनै अन्तर भेटिने छैन ।