अनुहारले मात्रै हुने भए… ?

अनुहारले मात्रै हुने भए… ?


Aryan-Sigdel-Namrata
निर्माणाधीन चलचित्र ‘क्लासिक’ निर्माण युनिटले यतिबेला नम्रता श्रेष्ठ र आर्यन सिग्देल मुलुककै सुपरस्टार भएझैँ तर्क गरिरहेको छ । मानौँ नम्रता र आर्यन उभिएकै हेर्न दर्शक हलसम्म आउँछन् । आर्यन मात्रै त्यस्ता कलाकार हुन् जसको क्रेज अहिलेसम्म स्थापित हुन सकेको छैन । कसले चोर्‍यो मेरो मनलगायत केही चलचित्र चल्नुको कारण उनको अनुहार नभई चलचित्रको विषय हो भन्ने स्पष्ट छ । नम्रताको पनि प्रभाव आर्यनको जस्तै हो, अर्थात् मौसमी । आजसम्म उनले अभिनय गरेका चलचित्र जति चले सबै निर्देशकको कमाल र विषयकै कारण मात्र चले । तर, क्लासिक समूहले आर्यन र नम्रताकै कारण आफ्नो चलचित्र हिट हुने तर्क गरिरहेका छन् । तिनले बुझ्न जरुरी छ– अनुहारकै भरमा बिक्री हुने शाहरुख, सलमान त विषय गतिलो भएन भने दर्शकले स्वीकार गर्दैनन् भने आर्यन र नम्रता कुन ब्रह्माण्डबाट आएका स्टार हुन् र अनुहार हेर्नकै लागि हलमा जानुपर्ने ?