दोहोरो नागरिकता लिएर जीएम बन्ने दाउ !

दोहोरो नागरिकता लिएर जीएम बन्ने दाउ !


Chandra Lal Nakarmi
काठमाडौं उपत्यका खानेपानी लि.मा महाप्रबन्धक नियुक्ति गर्ने सम्बन्धमा विगत ९–१० महिनादेखि विवाद चुलिँदै गएको बुझिएको छ । बोर्ड सदस्यहरूको भ्रष्ट रवैया तथा विवादास्पद कर्मचारीहरूका कारण दातृराष्ट्रबाट प्राप्त हुने अर्बौं सहयोग सदुपयोग हुन नसकिरहेको परिवेशमा उक्त संस्थाका केही कर्मचारीहरू भ्रष्ट एवम् विवादास्पद कर्मचारीका रूपमा चर्चामा आएका चन्द्रलाल नकर्मीलाई महाप्रबन्धक नियुक्त गराउन लागिपरेपछि खानेपानीमा थप भाँडभैलो मच्चिने खतरा बढेको सम्बद्ध एक कर्मचारीले बताए । यसरी भ्रष्ट जमातले नकर्मीलाई अघि सारे पनि बहुसङ्ख्यक इमानदार कर्मचारी भने यस्तो चलखेलको विरुद्धमा उभिएका बताइन्छ । बताइएअनुसार नकर्मीले काभ्रे जिल्लाबाट उमेर सच्याएर दोहोरो नागरिकता लिएका छन् भने त्यसैको आडमा उनी खानेपानीको महाप्रबन्धक बन्ने चलखेलमा लागेका छन् । नकर्मीको दोहोरो नागरिकताबारे गृहमन्त्रालयको उपल्लो निकायमा समेत उजुर पुगिसकेको र यस विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दाको आगामी ५ गते पेसी चढेको बुझिएको छ । सर्वोच्चले यस्तो विवादास्पद व्यक्तिबारेको मुद्धामा कस्तो फैसला दिन्छ, खानेपानीका कर्मचारीहरू व्यग्र प्रतीक्षा गरिरहेका छन् ।