इक्यान ललितपुरको नेतृत्व भण्डारीको काँधमा

इक्यान ललितपुरको नेतृत्व भण्डारीको काँधमा


Bishnu Bhandari ECAN
नेपाल शैक्षिक परामर्श संघ(ECAN)द्वारा ललितपुर जिल्लाअन्तर्गत परामर्श सेवा सञ्चालन गरिरहेका साधारण सदस्य कम्पनीका सञ्चालकहरूको एक वृहत भेला सम्पन्न भएको छ । उक्त भेलाले विष्णुबहादुर भण्डारीको अध्यक्षतामा सर्वसम्मत कार्यसमितिसमेत चयन गरेको छ भने गत मङ्सिर १८ देखि विधिवत रूपमा ‘ईक्यान’को शाखा सञ्चालनमा ल्याएको हो । समितिको उपाध्यक्षमा उपेन्द्रदेव ढकाल, सचिवमा वासुदेव दाहाल, कोषाध्यक्षमा मनमोहन केसी तथा सदस्यहरूमा सुरेन्द्र पोख्रेल, प्रकाश महत, रामभक्त महर्जन, अरविन्द्रकुमार सिंह, इच्छारत्न खड्की रहेका छन् भने सल्लाहकार संयोजमा कौशल थापा र सल्लाहकार सदस्यमा विरेन्द्र बज्राचार्य तोकिएका छन् । इक्यानका केन्द्रीय पदाधिकारीको उपस्थितिमा समितिको नामावली अनुमोदनका साथै सपथ ग्रहण कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त अवसरमा केन्द्रीय अध्यक्ष राजेन्द्र बराल, प्रथम उपाध्यक्ष प्रकाश पाण्डे, तृतीय उपाध्यक्ष सरोजकुमार बस्नेत, केन्द्रीय सदस्य एवम् इक्यान कास्की अध्यक्ष महेश भण्डारी, इक्यान चितवनका निवर्तमान अध्यक्ष सोमबहादुर कँडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
Bishnu ECAN