अमेरिकी सैनिक टोलीको विदाई

अमेरिकी सैनिक टोलीको विदाई


hemanta
काठमाडौं । मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका US Army Pacific Command का Commanding General, General Vincent K. Brooks को नेतृत्वमा गत पुस ३० देखि नेपाल भ्रमणमा रहेको ९ सदस्यीय भ्रमण दल तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किएको छ । आइतबार विशेष विमानद्वारा अमेरिका फर्किएको उक्त भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका प्रबन्ध तथा संभाररथी उपरथी हेमन्त राज कुवंरले बिदाई गर्नुभएको थियो । विदाई समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अमेरिकी राजदुतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस उच्च तहको सैनिक नेतृत्वको भ्रमण तथा भेटवार्ताले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै आपसी सैनिक सहयोग एवम् सहकार्यबाट विशेषतः विपद् व्यवस्थापन, मानवीय सहयोग र विश्व शान्तिका लागि द्वन्द्वग्रस्त मुलुकहरूमा नेपाली शान्ति सैनिकको परिचालनलाई थप प्रभावकारी बनाउन मद्धत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।