बिहे गरेको ‘अपराध’मा पढाईबाट वञ्चित !

बिहे गरेको ‘अपराध’मा पढाईबाट वञ्चित !


love,sketch
काठमाडौं । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई गोरखा मिरकोटस्थित त्रिवेणी माविले विद्यालय प्रवेशमा रोक लगाएको विद्यालयले पठनपाठनमा रोक लगाएको घटनाले जिल्लामा चर्चा पाएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शिक्षकले छात्रछात्रालाई लगाएका हुन् । सम्झना र योगेन्द्रले गत मङ्सिर १३ गते एकापसमा बिहे गरेका थिए । उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा रोक लगाएको बताइन्छ । यसरी बिहे गरेकै कारण अध्ययनबाट वञ्चित गरेपछि न्याय खोज्न उनीहरू आ–आफ्ना अभिभावकसहित गोरखा सदरमुकाम पुगेका छन् ।

उनीहरुले जिल्ला शिक्षा कार्यालयमा समेत आफूहरुलाई विद्यालयले निष्कासन गरेको बारे जानकारी गराइसकेका छन् । बिहे गरेको केही दिनपछि विद्यालय जाँदा प्रअले ‘किन स्कुल आएको’ भन्दै ढोकाबाट बाहिर निकालिदिएको छात्रा रानाको कथन छ । ‘हेडसरले कुनै हालतमा स्कूल पढ्न दिन्न भन्नुभएको छ’ भन्दै रानाले दुःखेसो पोखिन् । प्रवेशिका परीक्षा नजिकिएको भन्दै विद्यार्थीहरुले जति सक्दो छिटो विद्यालय गई आफूहरु पढ्ने वातावरण बनाइदिन शिक्षा कार्यालयसँग आग्रह गरेका छन् । “एसएलसीको मुखमा हामीलाई पढ्नबाट बञ्चित गराइयो । स्कुल जानै नपाइने कस्तो नियम ?”¬–छात्र कुँवरको प्रश्न छ ।

विद्यालयका प्रध्यानाध्यापक चूडामणि अधिकारीले ०६८ साल फागुन ४ गते गरिएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको जिकीर गरे । “एउटै विद्यालयमा पढ्ने छात्रछात्राले बिहे गरे भने निष्कासन गर्ने निर्णय छ”– उनी भन्छन्, “नियम कार्यान्वयन गर्नैप¥यो । अब शिक्षा कार्यालयले जे निर्देशन दिन्छ त्यही गरिन्छ ।” शिक्षा कार्यालय भने आफूहरुलाई मौैखिक जानकारी मात्रै आएको भन्दै पन्छिएको छ ।