मुसहर बस्तीको लागि बेलायतबाट सहयोग प्रदान

मुसहर बस्तीको लागि बेलायतबाट सहयोग प्रदान


dhurmus-suntali-help-1
महोत्तरीका मुसहर बस्तीमा जाडोले कठयाङ्ग्रिएका एबम् गरिबीका कारण बिहानबेलुकीको खाना के खाने भन्ने अवस्थामा रहेका मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले घर निर्माण तथा खाद्य सामाग्री तथा सिरक डस्ना वितरण कार्य गर्दै आएकोमा उनीहरुको कार्यलाई सघाउन बेलायतस्थित अमेरिकन कम्पनी सलादमास्टरबाट पनि सहयोग पठाइएको छ ।

बेलायतको बेइजिंगस्टोकस्थित सलादमास्टर कम्पनी एस फोर यु हेल्थी लाइफ लिमिटेडका प्रबन्ध निर्देशक शिवजी श्रेष्ठका अनुसार केहि दिनअघि काठमाडौंबाट प्रकाशित हुने एक दैनिकमा महोत्तरीका मुसहर बस्तीमा जाडोले कठयाङ्ग्रिएकाहरुलाई चर्चित टेलिशृंखला ‘मेरी बास्सै’का कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरेले सहयोग वितरण गरिरहेको समाचार प्रकाशन भएपछि सहकार्यका लागि सिताराम कट्टेलसंग फोन सम्पर्क गरिएको थियो । पचास हजार रुपैया सहयोग रकम श्रेष्ठले त्यतिबेलै पठाएका थिए भने यसअघि पनि भुकम्पले घर भत्किएका ओखलढुंगा जिल्लाका भुकम्पपीडितहरुलाई घर बनाउन जस्तापाताको लागि एक लाख रुपैया उनले सहयोग प्रदान गरेका थिए । गरिब एबम पीडितहरुको सहयोगार्थ कलाकार द्वयले चलाएको यस अभियानमा थप सहयोग पुर्याउने सम्बन्धमा कुराकानी भएको कुरा पनि श्रेष्ठले जानकारी दिएका छन् ।