प्रधानसेनापति भारत प्रस्थान गर्दै

प्रधानसेनापति भारत प्रस्थान गर्दै


प्रधानसेनापति
काठमाडौं । मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित जनरल दलबीर सिंहकोे औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारत प्रस्थान गर्नुहुने भएको छ । नेपाल सरकारको निर्णयबमोजिम माघ १८ गते सोमबार प्रधानसेनापति क्षत्री भारत प्रस्थान गर्न लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापतिको नियुक्तिपश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधान सेनापति क्षत्रीलाई भारतमा महारथी दर्जाको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । दुई देशको सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेनाप्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएकोे छ ।

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखहरुलाई भेटघाट गर्नुहुनेछ । भेटघाटको सिलसिलामा प्रधान सेनापति क्षत्रीले भारत सरकारका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्री लगायत उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नुहुने कार्यक्रम समेत रहेको बुझिएको छ । विभिन्न औपचारिक समारोहहरुमा हुने भेटघाटको क्रममा प्रधानसेनापति क्षत्रीले भारतका राष्ट्रपति तथा वरिष्ठ भारतीय अधिकारीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्पmबाट शुभकामना दिनुहुनेछ ।

प्रधानसेनापतिको भ्रमणदलमा श्रीमती रीता क्षत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्रीशम्शेर ठकुराठी, प्रधानसेनापतिको सैनिक सहायक सहायक रथी काजी बहादुर खत्री लगायत ९ (नौ) जना रहने जनाइएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमुधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । प्रधानसेनापतिको भ्रमण टोली यही माघ २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।