प्रधानसेभारतमा महारथी दर्जाको दज्र्यानी लिँदै प्रधानसेनापति

प्रधानसेभारतमा महारथी दर्जाको दज्र्यानी लिँदै प्रधानसेनापति


Rajendra-Chetri

छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहबीच मंगलबार औपचारिक भेटघाट भएको छ । नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित रहेका जनरल सिंहकै निमन्त्रणामा नेपाल सरकारको निर्णयबमोजिम प्रधानसेनापति क्षत्री ६ दिवसीय भारत भ्रमणमा जानुभएको हो । भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र भारतीय स्थलसेनाध्यक्षबीच द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बुझिएको छ ।

यसअघि मंगलबार विहानै प्रधानसेनापति क्षत्रीले एक कार्यक्रमकावीच अमर जवान ज्योति भवनमा वीर शहिदहरूको सम्झनामा Wreath Laying गर्नुभएको थियो भने उहाँलाई भारतीय सैनिक टुकडीले साउथ ब्लक लनमा सम्मानगारत अर्पण गरेको थियो । यसैक्रममा प्रधानसेनापति क्षत्री भारतीय स्थलसेनाध्यक्षको ब्रिफिङ हलमा आयोजित शान्ति–सुरक्षासम्बन्धी बैठकमा सहभागी हुनुभएको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयले जनाएअनुसार भारत भ्रमणको अवसरमा प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री मनोहर पारिकर र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । यस्तै, मंगलबार नै उहाँले भारतका सिएनएफ एडमिरल रविन के. धवन, जनरल विक्रम सिंह, एयर स्टाफ चिफ अरुप राहा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो भने साँझ भारतीय स्थलसेनाध्यक्षद्वारा प्रधानसेनापति क्षत्रीको सम्मानमा रात्रीभोज आयोजना गरिएको थियो ।

प्रधानसेनापतिमा नियुक्तिपश्चात् प्रधानसेनापति राजेन्द्र क्षत्रीको यो पहिलो भारत भ्रमण हो । गत सोमबार श्रीमती रीता क्षत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्रीशम्शेर ठकुराठी, प्रधानसेनापतिको सैनिक सहायक सहायक रथी काजीबहादुर खत्री लगायत ९ (नौ) जनाको टोलीसाथ भारत प्रस्थान गर्नुभएका क्षत्रीलाई भारतमा महारथी दर्जाको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको बताइन्छ । दुई देशको सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेनाप्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।