नेता नरहरिलाई मस्तिष्कघात

नेता नरहरिलाई मस्तिष्कघात


नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यलाई मस्तिष्कघात भएको छ । सभापति सुशील कोइरालाको निधनको सूचना पाउनेबित्तिकै नेता आयार्य राति नै महाराजगञ्जस्थित कोइरालाको निवासस्थानमा पुग्नुभएको थियो । यस घटनाबाट मर्माहत बन्नुभएका आचार्य बिहान निवासस्थानबाट बाहिरिने क्रममा ‘अप्ठ्यारो भयो’ भन्दै ढुनमुनिनुभएको थियो । तत्पश्चात् बेहोस हुनुभएका आचार्यलाई सँगै रहेका कांग्रेस नेता भीमसेनदास प्रधानले हृदयाघात भएको आशङ्कामा गंगालाल अस्पताल पुयाउनुभएको थियो । उक्त अस्पतालले मस्तिष्कघात भएको बताएपछि उहाँलाई नजिकै रहेको न्युरो अस्पतालमा पुर्‍याइएको थियो । परीक्षणका क्रममा आचार्यको मस्तिष्कको बायाँ भागमा रक्तश्राव भएको पाइएको थियो र उहाँको शरीरको दायाँ अङ्गमा गम्भीर असर परेको छ । आचार्यको रक्तचाप तल १२० र माथि २८० पुगेपछि मस्तिष्कघात भएको चिकित्सकहरूले जनाएका छन् ।
minister acharya
सभापति कोइरालाको देहावसानबाट हतप्रभ हुनुभएका आचार्यको अचानक रक्तचाप बढेको बुझिएको छ । उहाँको स्वास्थ्यमा सुधार आउन अझ दुई साताजति कुर्नुपर्ने सम्बन्धित चिकित्सकको भनाई छ । यसरी नरहरि आचार्य गम्भीर ढङ्गले अस्वस्थ हुनुभएपछि देशभरिका कांग्रेस कार्यकर्ताहरू चिन्तित भएका छन् र उहाँको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।