कहाँबाट कति प्रतिनिधि ?

कहाँबाट कति प्रतिनिधि ?


nepali-congress
नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा स्वदेश तथा विदेशबाट जम्मा तीन हजार दुई सय दश (३,२१०) प्रतिनिधिहरूको सहभागिता रहने भएको छ । सभापति सुशील कोइराला र तत्कालिक केन्द्रिय सदस्य भीमबहादुर तामाङको निधनका कारण सहभागिताको सङ्ख्यामा दुई कम भएको हो । महाधिवेशनमा केन्द्रीय कार्य समितिका पचासी (८५) सदस्य तथा पदाधिकारीहरू स्वत: प्रतिनिधि हुनेछन् ।

विदेशस्थित सत्रवटा जनसम्पर्क समितिहरूबाट एक सय उन्नाइस (११९) र भातृसंस्थाका तर्फबाट अन्ठानब्बे (९८) तथा क्षेत्रिय अधिवेशनबाट प्रतिनिधित्व गर्ने दुई हजार आठ सय असी (२,८८०) र सभापतिबाट मनोनित हुने तीस (३०) जनासमेत कुल तीन हजार दुई सय बाह्र (३,२१२) जनाले महाधिवेशनमा भाग लिन पाउने वैधानिक व्यवस्था रहेको छ । महाधिवेशनमा पूर्वाञ्चल विकास क्षेत्रबाट छपन्न निर्वाचन क्षेत्रका ६ सय बहत्तर (६७२), मध्येमाञ्चलबाट एकासी निर्वाचन क्षेत्रका नौ सय बहत्तर (९७२), पश्चिमाञ्चलबाट उनन्चास निर्वाचन क्षेत्रका पाँच सय अठासी (५८८), मध्यपश्चिमाञ्चलका तेत्तिस निर्वाचन क्षेत्रका तीन सय छयानब्बे (३९६) र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट एक्काइस निर्वाचन क्षेत्रका दुई सय बाउन्न (२५२) जनाको सहभागिता रहने छ ।

काङ्ग्रेसको तेह्रौं महाधिवेशनमा युवाहरूको उल्लेख्य सहभागिता रहेको छ । केन्द्रीय पदाधिकारी तथा सदस्य पदका लागि हुने निर्वाचनमा करिव तीन सय उम्मेदवार बन्नसक्ने अनुमान गरिएको छ । फागुन बीस गतेदेखि सुरु हुने महाधिवेशनमा सभापति, महामन्त्री र कोषाध्यक्षसहित सदस्यहरूको निर्वाचन फागुन २३ गते गराइने कार्यक्रम छ ।