शब्द चिन्तनको राष्ट्रिय अधिवेशन शुरु

शब्द चिन्तनको राष्ट्रिय अधिवेशन शुरु


शब्द चिन्तन रारष्ट्रिय सत्संग तथा महाशिवरात्रिको कार्यक्रमको तस्वीर  1चितवन । चितवनको भरतपुर १२ मा महाशिवरात्रिको दिनदेखि शब्द चिन्तनको राष्ट्रिय सत्सङ्ग शुरु भएको छ । महाशिवरात्रिकै दिन २०५१ सालमा आफ्ना गुरु भक्तशँकु र २०६४ सालमा गुरु आमा टोपलीदेवीको देहान्त भएकोले शब्द चिन्तन परिवारले महाशिवरात्रिको दिनलाई वर्षेनी विशेष महत्त्वका साथमा विभिन्न कार्यव्रmम गरी मनाउँदै आएको छ । गुरु र गुरुआमा दुवैजनाले महाशिवरात्रिकै दिन देहत्याग गर्नुलाई समाजले पनि एकखालको अनौठो मान्दै आएको छ ।
यस पटक शब्द चिन्तन संरक्षण मण्डल, शब्द चिन्तन संघ र शब्द चिन्तन युवा संघको संयुक्त आयोजनामा सो कार्यक्रम भइरहेको बुझिएको छ । सधैं यस दिन विभिन्न अनुष्ठानको साथमा सत्सङ्ग हुँदै नै आइरहेको मा यस वर्ष शब्द चिन्तन संघको राष्ट्रिय अधिवेशन समेतको कार्यक्रम जोडिएको आयोजकले बताएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शब्द चिन्तनका प्रधान संरक्षक स्वामी दुर्गादासले वितेको एक वर्ष भित्रमा भएको महत्त्वपूर्ण कार्यको जानकारी गराएकाथिए । स्वामीको लिखित सम्बोधनमा शब्द चिन्तन संरक्षण मण्डल सञ्चालनको महाविधान जारी गरिएको व्यहोरा उल्लेख छ । राष्ट्रिय सत्सङ्ग तथा अधिवेशन २६ गतेसम्म चल्ने र शब्द चिन्तन संघको नयाँ कार्यसमितिको निर्वाचन समेत हुने बताइएको छ ।
शब्द चिन्तन रारष्ट्रिय सत्संग तथा महाशिवरात्रिको कार्यक्रमको तस्वीर  8
-देवर्षि