कांग्रेसले सक्षम नेतृत्व पाएको भारतीय राजदूतको टिप्पणी

कांग्रेसले सक्षम नेतृत्व पाएको भारतीय राजदूतको टिप्पणी


ranjit Ray
नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको पुरानो पार्टी नेपाली काँग्रेसले देशलाई अगाडि बढाउन सक्ने नेतृत्व पाएको बताउनुभएको छ । मंगलबार चितवनको भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहने नेकाले नेपाललाई समृद्ध बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत रायले एक फरक प्रसङ्गमा नेपाल आयल निगमले माग गर्न नसकेका कारण आवश्यक मात्रामा पेट्रोलियम पदार्थ आयात हुन नसकेको तर्क दिँदै नेपालमा आपूर्ति सहज बनाउन भारत सकारात्मक रहेको पनि बताउनुभयो । चितवन पर्यटकीय गन्तव्य भएको र नेपाल सरकारसँग मिलेर यसको प्रवद्र्धनमा सहयोग पु¥याउन भारत इच्छुक रहेको राजदूत रायको कथन थियो ।