कांग्रेसमा जित्ने र हार्ने हस्ती को को ?

कांग्रेसमा जित्ने र हार्ने हस्ती को को ?


dila min etc
राष्ट्रिय राजनीति तथा कांग्रेसको आन्तरिक गतिविधि र स्थानीयस्तरमा समेत निकै काम गरेका नेताहरु नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा आरक्षण कोटाबाट समेत केन्द्रीय सदस्यमा निर्वाचित हुन नसकेको सन्दर्भ यतिबेला कांग्रेसभित्र चर्चाको विषय बनेको छ । कांग्रेसमा महिलाबाट छ जना, दलित, जनजाति र मधेसीबाट दुई÷दुई जना महिलाको दरले पाँच जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ । त्यसैगरी मुस्लिम कोटाबाट एक जना निर्वाचिन हुने विधानमा उल्लेख छ । तर, आरक्षण कोटामा पनि उम्मेदवारको सङ्ख्या धेरै रहेकाले प्रतिस्पर्धा भने कडा भएको पाइएको छ ।

महिलातर्फ छ पदका लागि ३८ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये महिला सङ्घकी वर्तमान अध्यक्ष डा. डिला सङ्ग्रौला, पूर्वसांसद् तथा पूर्वकेन्द्रीय सदस्य पुष्पा भुषाल, कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने, सङ्घकी पूर्वअध्यक्ष र पूर्वमन्त्री तथा सांसद् अम्विका वस्नेत, पूर्वमन्त्री तथा सांसद् कमला पन्त र नेविसङ्घको राजनीतिबाट पार्टीमा सक्रिय सांसद् सरिता प्रसाई महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएका छन् ।

त्यस्तै प्रभावशाली अन्य नेतृहरु महिला सङ्घकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य भइसकेका सांसद् मिना पाण्डे र उमा रेग्मी, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोईरालाको स्वकीय सचिव मृदुला कोईराला, नेविसङ्घकी पूर्वमहामन्त्री प्रतिमा गौतम पराजित भए । त्यसैगरी सांसद् शारदा पौडेल, टे«ड युनियन राजनीतिबाट पार्टी राजनीतिमा आएकी रिता खनाल, नेविसङ्घ, महिला सङ्घकी श्रीमती मन्जु खाण, नेविसङ्घका पूर्वसहमहामन्त्री सृजना अधिकारी पनि महिला कोटाबाट केन्द्रीय सदस्य बन्न सकेनन् ।

यस्तै, जनजातितर्फको कोटा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष, काठमाडौँ पूर्वजिल्ला सभापति, काठमाडौँ क्षेत्र नं ६ बाट एमालेका सचिव योगेश भट्टराई र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्मालाई पराजित गर्न सफल भीमसेनदास प्रधान पराजित भए भने पटकपटक मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका दुर्योधन सिंह थारु, सोलुखुम्वुका जिल्ला सभापति तथा सांसद् आङ्गेलु शेर्पा, पूर्वसांसद् तथा नेपाल तरुण दलका पूर्वमहासचिव महादेव गुरुङलगायतका नेताहरु पराजित हुनेमा परे ।

जनजातितर्फको तीन पदका लागि चालिस जनाले उम्मेदवारी दिएकोमा चिनकाजी श्रेष्ठ, बहादुरसिँह लामा र कल्याण गुरुङ भने निर्वाचित भए । जनजाति महिलातर्फ दुई पदका लागि १२ जनाले प्रतिस्पर्धा गरेकोमा पूर्वकेन्द्रीय सदस्य र सांसदद्वय रत्ना शेरचन र सीता गुरुङ पनि विजयी बने । अर्की सांसद् उषा गुरुङचाहिँ पराजित भइन् । उनले पनि आपूm कुनै प्यानलमा नपरेकाले हार्नुपरेको स्पष्टोक्ति दिँदै राष्ट्र र जनताको हितका लागि क्रियासिल भइरहने अठोट व्यक्त गरे ।
दलित आरक्षणमा दलित सङ्घको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल, राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा रुकुमका पूर्वजिल्ला सभापति मानवहादुर नेपाली, पूर्वसांसद् सम्भुहजारा दुसाद, एकपटक मनोनित र एकपटक आमन्त्रीत केन्द्रीय सदस्य भएका प्रतापराम लोहार पनि पराजित भएका छन् । दलितको तीन पदका लागि २० जनाको उम्मेदवारी परेपनि मानबहादुर विश्वकर्मा, जीवन परियार र मिन विश्वकर्माले केन्द्रीय सदस्य बन्ने मौका पाए । उनीहरु तीनै जना सांसद् हुन भने यसअघि पनि केन्द्रीय सदस्य थिए ।

दलिततर्फकै महिला कोटामा यसअघिकी केन्द्रीय सदस्य र अहिले सांसद् रहेकी कविताकुमारी सरदार वाँतर पराजित भइन् । दलित महिलाको दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो भने सांसद् तथा पूर्वकेन्द्रीय सदस्य सुजाता परियार र पूर्वसांसद लक्ष्मी परियार चयन भएका छन् ।

नेविसङ्का केन्द्रीय अध्यक्ष तथा सांसद् रहनुभएका रन्जीत कर्णले मधेसीको आरक्षणबाट पनि केन्द्रीय सदस्य बन्न सकेनन् । त्यस्तै पूर्वकेन्द्रीय सदस्य र अहिलेका सांसद् रामचन्द्र तिवारी, कपिलबस्तुका जिल्ला पूर्वसभापति र पूर्वसांसद् सुधाकर पाण्डे पनि पराजित भए । मधेसी तीन केन्द्रीय सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो भने अजयकुमार चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादवले विजयी बने । उनीहरु सबै जना सांसद् हुन् ।

मधेसी महिलाको कोटाबाट पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य र अहिलेकी सांसद् मिनाक्षी झा पनि परेकी छिन् । मधेसी महिलाबाट केन्द्रीय सदस्य बन्न नौ जनाको उम्मेदवारी परेको थियो । मधेसी महिलाबाट किरण यादव र पार्वता डिसी चौधरी केन्द्रीय सदस्य बनेका छन् । मुस्लिमतर्फको कोटाबाट भने मुस्लिम सङ्घको अध्यक्ष अब्दुल सतार नै पार्टीको केन्द्रीय सदस्य बन्न सकेनन् । उनलाई पछि पार्दै सांसद् तथा पूर्वकेन्द्रीय सदस्य फरमुल्लाह मन्सुर विजयी भएका छन्। मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका मोहम्मद अफताव आलम र सांसद् मोहम्मदी सिद्दिकी पनि पराजित भए। स्मरण रहोस्, कांंग्रेसमा समावेशी आरक्षणतर्फबाट २२ जना निर्वाचित हुने व्यवस्था छ ।
Nepali-Congress-