शिवपुरीमा ‘उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम’

शिवपुरीमा ‘उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम’


army
नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुन लागेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced National Security Training) को आइतबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले एक समारोहबीच समुद्घाटन गर्नुभएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको तत्वाधानमा (Jointly Organized by MOD & Army Command and Staff College) नेपालमै पहिलोपटक संचालन हुन लागेको यस तालिममा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने नेपाल सरकारका मन्त्रालयहरूका प्रथम तथा द्वितिय श्रेणीका अधिकृतहरु, सुरक्षा निकाय, बैंक तथा उद्योग बाणिज्य क्षेत्र तथा विश्व विद्यालयका प्राध्यापक तथा पदाधिकारीहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको नेपाली सेनले जनाएको छ ।

आइतबारदेखि १० दिनसम्म संचालन हुने यस तालिमले राष्ट्रिय सुरक्षा चुनौतीका विभिन्न अवस्थालाई बुझ्न र परिस्थितिलाई विष्लेषणात्मक तवरले मुल्यांकन गर्ने क्षमता अभिवृद्धि गरी शिक्षार्थीहरूमा आर्थिक, कुटनीतिक, सैनिक र सुचना तथा प्राविधिक पक्षबीचको अन्तर सम्बन्ध र यसबाट राष्ट्रिय सुरक्षामा पार्ने प्रभावबारे समेत मुल्यांकन एवम् परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न मद्धत पुग्ने दाबी गरिएको छ ।

कार्यक्रमको आरम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी जगदीश चन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली सेनामा स्टाफ कलेजको स्थापना र भूमिकाको बारेमा संक्षिप्त जानकारी गराउनुभयो । यसैगरी कार्यक्रममा रक्षासचिव जयमुकुन्द खनालले मन्तव्य दिँदै यस तालिमबाट विभिन्न निकायहरुले राष्ट्रिय सुरक्षाको अवधारणालाई बुभ्mने तथा राष्ट्रिय सुरक्षाको दौरान आप्mनो जिम्मेवारी र भूमिकाको बारेमा स्पष्ट पार्न मद्धत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा आप्mनो मन्तव्य राख्नुहुँदै प्रधानसेनापति राजेन्द्र क्षत्रीले तालिममा सहभागी सबैलाई बधाई ज्ञापन गर्नुभई यसरी संचालन हुने तालिमले हालको सुरक्षा चुनौती एवम् विविध खतराहरुहरुबाट उत्पन्न हुन सक्ने परिस्थितिको सहि मुल्यांकन गर्दै राष्ट्रिय सुरक्षालाई समयसापेक्ष एवम् असरदार बनाउन थप मद्धत पुग्ने उल्लेख गर्नुभयो । उहाँले यस तालिमको दौरान छलफल तथा अभ्यासको माध्यमद्वारा विभिन्न विषयहरुका प्राज्ञहरुले आप्mनोे ज्ञान तथा अनुभवहरु प्रदान गर्ने भएकोले शिक्षार्थीहरुको मनोवल अभिबृद्धि गर्न थप मद्धत पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

सुरक्षा चुनौतीका विविध आयामहरुलाई समेत समावेश गरि संचालन हुने यस तालिमबाट आन्तरिक सुरक्षामा नेपाली सेनाको परिचालनलाई अझ व्यवहारिक रुपमा बुभ्mन तथा नागरिक(सैनिक सम्बन्ध सुमधुर बनाउन थप मद्धत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साथै, तालिममा सहभागीहरुलाई अपरम्परागत एवं गैरराज्यीय सुरक्षा चुनौतीहरु (Non-Traditional and Non-State Security Challenges) एवम् अन्तर्राष्ट्रिय र क्षेत्रिय सुरक्षा वातावरणको जटिलतालाई समेत अध्ययन गर्न सघाउ पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।