त्याग, सम्मान, कदर र रोजर मिल्लाहरू

त्याग, सम्मान, कदर र रोजर मिल्लाहरू


-शिवजी श्रेष्ठ
केही दिनको अन्तरालभित्र नेपालमा राजनीति तथा साहित्य क्षेत्रका हस्तीहरूको निधनका समाचारहरू आइरहे । चाहे वरिष्ठ नेता बलबहादुर र्राई हुन् वा पहिलो महिला उपसभामुख अथवा वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधान । उहाँहरूको निधनसँगै कसैमाथि चारतारे झन्डा ओढाइयो, कसैमाथि हँसिया-हथौडा अनि कसैको साहित्य योगदानको क्षणिक चर्चा चलाइयो । दुई दिन टीभीले छोटो दृश्यमा हाल्यो, पत्रपत्रिकाले चर्चा-परिचर्चा गरे, नेताहरूले २-४ वचन मीठा रेडिमेड वाक्य बोले, ८-९ दशक उमेर पार गरेकाहरूको निधनमा पनि ‘असामयिक’ निधनका समवेदना व्यक्त गरिए । अनि बिस्तारै-बिस्तारै परिवारका सदस्यहरूको सम्झनामा मात्र सीमित रहने गरी बिर्सिइँदै गए । राष्ट्रकै लागि लडेकाहरूलाई आ-आफ्नो पार्टीका झन्डा ओढाइए, आफ्नै पार्टीको सम्पत्ति सीमित पारेर अन्तिम बिदाइ गरियो । सरकारप्रमुख या प्रधानमन्त्री पनि मोबाइल फोनमा राखिएको ‘अटो एन्सर’ -स्वत: जवाफ) मा सेट गरिएझैँ परम्परागत बोलीमै ‘राष्ट्रलाई अपूरणीय क्षति’को समवेदना सन्देश दिनुमा सीमित रहे ।
बलबहादुर र्राई राणाकालमा सरकारी जागिरे थिए, देश र जनताका लागि भनेरै जागिर छाडेर नेपाली काङ्ग्रेसमा समाहित भई उनी व्रि्रोहमा सामेल भएका थिए । वि.सं. २००८ सालमा सल्लाहकारसभाका सदस्य र २०१५ सालमा सांसद भएका र्राई सत्र सालको काण्डपछि वि.सं. २०१८ सालमा राजा महेन्द्रले मन्त्री हुन प्रस्ताव गर्दा उल्टै जेल बस्न तयार भए, निर्वासनमा जान तयार रहे । उनले ३० वर्ष ‘पञ्चायत’ विरुद्ध अथक लडेका कथाहरू प्रेरणापुञ्ज मात्र होइन युवापुस्ताका लागि त किम्बदन्ती नै बने र बनिरहने छन् । उनी पार्टीका लागि मात्र होइन विपक्षी पार्टीका लागिसमेत कति प्रिय थिए भने माओवादीको जनयुद्ध उत्कर्षमा रहेको बेला नेपाल प्रहरीका तत्कालीन आईजीपी खरेलले बालुवाटारमा भेट हुँदा ‘माननीयज्यू, हजुरलाई त माओवादीले जङ्गलमा भेट्यो भने पनि घरमा ल्याएर छाडिदिन्छन् होला’ भनेर भनेका कुरा उनी बारम्बार सुनाउँथे ।
तर, तिनै र्राईको निधनअघि अस्पतालमा मृत्युशैयामा हुँदा खोजीनिती त भएन नै, निधनपछि पनि उनको यथोचित सम्मान र चर्चा नभएकोबारेमा बेलायतमै रहेका वरिष्ठ पत्रकार मित्रले यथाप्रसङ्गमा टिप्पणी गर्नुभएपछि मलाई एउटा कुराले चस्स बिझायो । कतै हाम्रा नेताहरू जीवनभर अङ्गालेका आदर्शलाई त्यागेर सत्तालाई बढी महत्व दिने, हिजो सङ्घर्ष गरेकाहरू पनि सत्ताका लागि जुनसुकै सम्झौता गर्न तयार हुने कारणहरू यिनै बेवास्तापूर्ण व्यवहारले गर्दा त होइन – आदर्शका लागि लड्नेहरू जहिल्यै चर्चाविहीन हुने तर सत्ताका लागि लड्नेहरू सधैं चर्चायोग्य हुने कारणले पनि ‘इमानदारिता’ बन्धकी राखेर सत्तावरपर रहन लालयित भएका –
पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बाको शवमा पार्टीको झन्डा ओढाउन एकजना मन्त्री मात्रै पुगेपछि समाचारमा छापियो, उनी दमको व्यथाले ग्रस्त भएर उपचारका लागि खर्चसमेत नभएरै बितिन् भनेर । अनि बलबहादुर र्राईको निधनको समाचार त कतिपय पत्रपत्रिकाले छाप्दा पनि छापेनन् । ती पत्रिका अपहरण-फिरौती, महिला कलाकारको अर्धनग्न तस्बिर, सत्ता छिनाझप्टीमा लागिरहेका नेताहरूका अल्छीलाग्दा भाषणका अंशहरूले भरिएका थिए । त्यस ठाउँमा बरु बलबहादुर र्राईले ६ दशकसम्म कसरी प्रजातान्त्रिक आन्दोलनमा भाग लिए – उनको लामो आदर्शका राजनीतिक यात्रा, मातृभूमिप्रतिको अगाध र अटुट आस्थाका कथाहरू सुने र सुनाएका भए यी सत्ताका छिनाझप्टीमा लागेका नेताहरूलाई शिक्षा हुन्थ्यो कि – अनि यी दृश्य देख्दादेख्दै निराश भएका युवापुस्ताका लागि आशा अनि विश्वासको जग हुन्थ्यो कि –
जुनसुकै मुलुकमा पनि इतिहासको कदर हुन्छ, त्यही कदरको अपेक्षामा नै मुलुकका लागि त्याग गर्न लालयित हुन्छन् ती पात्रहरू । बेलायतकै कुरा गरौँ न, दोस्रो विश्वयुद्धताका बेलायतको नेतृत्व गर्ने विन्स्टन चर्चिल होस् वा फोकल्यान्ड युद्धमा नेतृत्व गर्ने मार्गरेट थ्याचर, उनीहरूलाई कुन पार्टीको भन्दा पनि के गरेका थिए भनेर सम्भिmइन्छ । राजनीतिबाहिरकै कुरा गर्दा पनि सन् १९९० को विश्वकपमा अर्जेन्टिनाविरुद्ध गोल गर्नेबित्तिकै क्यामरुनका राष्ट्रपतिले आफ्नो देशको राष्ट्रिय टेलिभिजन केन्को नाम नै रोजगर भिल्ला राखिदिए । तीनपटक ब्राजिललाई विश्वकप दिलाउने पेलेलाई त्यहाँका ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गरिदिए । भर्खरै सम्पन्न विश्वकपमा जर्मनीसँग शर्मनाक -४¬-०) को हार व्यहोरेपछि असन्तुलित भएका अर्जेन्टिनाका प्रशिक्षक डियगो म्याराडोनालाई सडकमा जनताले, संसद्मा सांसदले, सरकारमा राष्ट्रपतिले उनको ‘महानता’को बारेमा पुन: स्मरण गराए, अनि उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएको कुराको कदर गरिरहेँ । सायद म्याराडोनालाई लाग्यो होला, सके अझै देशका लागि गोल गरिरहुँ ।
अनि पो खेल्छन् देशका लागि खेलाडीहरू, अनि पो इमानदार हुन प्रेरित हुन्छन् देशका लागि नेताहरू । हाम्रो त संसारमा नै पहिलो सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शर्ेपा सगरमाथा विजयपछि राष्ट्रिय सम्पत्ति घोषित हुनुको विदेशी नागरिक हुन बाध्य हुन्छन्, जसको अनुभूति भारतको दारि्जलिङमा उनको चिहानअगाडि उभिएपछि महसुस हुन्छ । आप्पा शर्ेपा २०औं पटक सगरमाथा चढेर संसारमै नेपालको नाम राखे पनि छोराछोरीको भविष्य र पढाइका लागि अमेरिका बस्न बाध्य छन् ।
यिनै तीता सत्य बीचमै प्रश्न उठ्छ- किन लालयित हुन्छन् नेपाली राजनीतिमा कुनै दिन १४/१५ वर्ष कारागारमा बसेकाहरू सरकारमा पुग्नेबित्तिकै भ्रष्टाचारमा डुब्छन् – हिजो प्रजातन्त्रका लागि लड्नेहरू किन सरकारमा जसरी पुग्नका लागि मरिहत्ते गर्छन् –
यसको जवाफ खोजेर हेर्दा कमसेकम पनि साहित्यमा लागेकाका लागि ती साहित्यिक मन्दिरमा सम्झनयोग्य कदर, राजनीतिमा लागेकाहरूमध्ये जसले जुन क्षेत्रमा जे गरेका छन्, त्यहीअनुसार सम्मान र कदर भए । अर्थात् लीला सुब्बाको संसदीय फाँटमा, बलबहादुर र्राईको आवास, भौतिक तथा श्रम विभागीय क्षेत्रसँगै प्रजातान्त्रिक आन्दोलनलगायतका क्षेत्रमा कदरका कुरा भए, शैलजा आचार्यले हीनताबोधसहित मृत्युवरण, मोहनचन्द्र अधिकारी -१६ वर्ष जेल बसेका) ले सन्न्यास ग्रहण, दर्ुगा सुवेदीले आफ्नै पार्टीविरुद्ध व्रि्रोह, सीताराम राजवंशीले आफ्नै पार्टी कार्यालयअगाडि झुन्डेर मर्नुपर्ने थिएन ।
०५१ सालको मध्यावधिपश्चात् त्रिशङ्कु संसद्मा सत्ताका लागि प्रतिगामी -तत्कालीन राप्रपा) सँग गलत सम्झौता गरि्दनँ भनेर आत्माको कुरा बोल्दा सच्याउनुपरेको यो देशमा तीन दशक भूमिगत रही एक दशक जनयुद्ध हाँकेका नेताहरू निस्कलङ्क रहिरहे, १४ वर्ष जेल बसेका राधाकृष्ण मैनाली शाही सरकारमा नगइदिएको भए, यी कथाहरूको महत्व अझ बढ्ने थियो जहाँ गणेशमानजीले प्रधानमन्त्रीको पद अस्वीकार गरेका कथा होस् वा किशुनजीले एक वर्ष प्रधानमन्त्री भएर बाहिरिँदा एउटा छाता, सुराही र ट्याङ्का -टिनको बाकस) बोकेर बाहिरिएका कथा, शैलजा आचार्यले मन्त्रालयमा भ्रष्टाचार छ भन्दा मन्त्री पद त्याग्नुपरेका कथा होस् वा २०५६ सालमा आफूलाई पार्टीले सांसदको टिकट दिँदा अस्वीकार गरेका बलबहादुर र्राईका कथाहरू ।
तर, त्याग र तपस्याभन्दा सत्ताकेन्द्रको महत्व र चर्चा बढी हुने भएर होला, अनि देखेर-भोगेर होला यी कथाहरू अल्छीलाग्दा बन्दै गएका । तर, आज शक्तिकेन्द्रमा हुने नेताहरूले, हातमा कलम हुने लेखकहरूले, आफ्ना हातमा सञ्चारगृह हुनेहरूले त्याग र तपस्या अनि इमानदारीका कथाहरूलाई महत्वहीन गर्दै जाने हो भने, तिनले पनि कालान्तरमा यिनै बिमति भोग्दै जानुपर्छ । भोलि आफ्नो महत्व खोज्ने हो भने, सम्मानको आशा राख्ने हो भने र देशले असल बाटो वरण गरोस् भन्ने चाहना राख्ने हो भने, आज आ-आफ्नो वागडोर समातेर बसेकाहरूले ती कथाका पात्रहरूलाई यथोचित स्थान र कदर दिन सिक्नुपर्छ । जसबाट भावी पुस्ताले पनि यही कुराहरू सिक्दै जानेछन् र आप्पा शेर्पाले बच्चाको भविष्यका लागि अमेरिका जानुपर्दैन, सोलुको एउटा कुनामा जन्मेर सगरमाथा विजयी गरेका तेन्जिङ शेर्पाको चिहान हेर्न दारि्जलिङ जानुपर्दैन । आज उपचार नपुगेर मर्ने लीला सुब्बा मर्नुअघि र पछि पनि यथोचित सम्मान नपाएका बलबहादुर र्राईको सम्मान गर्ने हो भने हाम्रो देशले पनि नेल्सन मण्डेला जन्माउन सक्छ । रोजार भिल्लाहरू भेटाउन सक्छ ।