कांग्रेसले अब सत्ताको हाइन राष्ट्रको राजनीति गर्ने

कांग्रेसले अब सत्ताको हाइन राष्ट्रको राजनीति गर्ने


Sashanka
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा. सशाङ्क कोइरालाले सञ्चार क्षेत्रलाई सदैव समाज, राजनीतिक दल र सरकारको पहरेदारका रुपमा रहन सुझाव दिएका छन् । नेपाल प्रेस युनियनले बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सञ्चार क्षेत्रले आफूले कलम चलाउँदा त्यसले समाजमा के तरङ्ग ल्याउँछ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताए । उनले कांग्रेसको १३औँ महाधिवेशनलाई ठूलो उपलब्धिका रुपमा उल्लेख गरे ।

कांग्रेस राजनीतिक स्थिरताको पक्षमा रहेको दाबी गर्दै उनले राजनीतिक स्थिरताले मात्र देश विकास सम्भव रहेको बताए । महामन्त्री कोइरालाले अब कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने दायित्व नवनिर्वाचित पार्टी सभापतिको भएको पनि उल्लेख गरे । पार्टीभित्र व्यक्तिवादी प्रवृत्तिलाई त्यागी सङ्गठित भएर जानुपर्नेमा जोड दिए । कांग्रेसले धेरै समय सत्ताको राजनीतिमा खर्चिएको बताउँदै उनले अब राष्ट्रका लागि राजनीति गर्नुपर्ने खाँचो औंल्याए ।

उनले भने “बिपी कोइराला पनि राष्ट्रमा प्रजातन्त्र र लोकतन्त्रका लागि जेल जानुभएको थियो, हामीले पनि त्यसको संरक्षण गर्न राष्ट्रका निम्ति काम गर्नुपर्ने समय आएको छ ।”