बन्द-हडताल बन्द गर्न गृहमन्त्री बस्नेतको निर्देशन

बन्द-हडताल बन्द गर्न गृहमन्त्री बस्नेतको निर्देशन


mantri Basnet- sambodhan
कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । रत्ननगर उद्योग बाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्न सोमबार चितवन पुगेका मन्त्री बस्नेतले जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले अब सडक पाँच मिनेट पनि बन्द गर्न पाइँदैन, सोहीअनुसार स्थानीय प्रशासनले काम गर्नुपर्छ भने । सडक बन्द हुँदा हुने नोक्सानी निकै ठूलो भएको र त्यस्तो नोक्सान पु¥याउने अधिकार कसैसँग नरहेको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले सबै राजनीतिक मुद्दासमेत वार्ता र छलफलमार्फत समाधान हुने हुँदा अब सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताए । जिल्लाको शान्ति सुरक्षा र अमनचैनमा कति पनि विचलित नभई काम गर्न निर्देशन दिँदै उनले देशमा संविधान बनिसकेकाले संविधान कार्यान्वयनका लागि सहयोग पु¥याउन आग्रह गरे ।

संविधान जारी भएपछि आउने पहिलो बजेटलाई सदुपयोग गरेर संविधान कार्यान्वयनमा सहयोग पु¥याउन पनि उनले आग्रह गरे ।
कार्यालय जनमुखी र उत्तरदायी हुनुपर्ने भन्दै उनले कर्मचारीकै कारण अब जनताले दुःख पाउन नहुने बताए। उनले जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीलाई तत्काल सच्याइनुपर्ने बताए ।

विचौलियाको प्रभावमा नपरी जनताको कामलाई उच्च प्रथामिकतामा राख्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिए ।