नेका संसदीय दलको संसोधित विधान स्वीकृत

नेका संसदीय दलको संसोधित विधान स्वीकृत


NC Parliament meeting RSS 2
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलको विधान परिमार्जन गर्ने निर्णयलार्ई केन्द्रीय समितिले स्वीकृत गरेको छ । नयाँ राजनीतिक परिवेशअनुसार संसदीय दलको नयाँ निर्वाचन गर्न संसदीय दलले सोमबार बिहान गरेको विधान संशोधनलाई सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको राससले जनाएको छ ।

दलको विधानमा गरिएको मुख्य संशोधनमा अन्तरिम संविधान, २०६३ को सट्टा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गर्ने संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले स्वीकृति दिएको बुझिएको छ । यस्तै, दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी-जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरिएको छ ।

कांग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति निर्धारण गरेको छ भने कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

यसैबीच बुधबार हुने नेपाली कांग्रेस संसदीय दल नेताको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।
NC Parliament meeting RSS