कालोबजारी कायम रहेको उपप्रधानमन्त्री मैनालीको स्वीकारोक्ति

कालोबजारी कायम रहेको उपप्रधानमन्त्री मैनालीको स्वीकारोक्ति


cp
सरकारले हरप्रयास गर्दा पनि कालोबजारी नरोकिएको भन्दै उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले चिन्ता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री मैनालीले कालोबजारी नियन्त्रणमा सरकार लागिपरेकाले केही दिनभित्रै आपूर्ति सहज बन्ने आश्वासन दिँदै जनतासँग मिलेर नाकाबन्दीको प्रतिवाद गरेको र छिमेकीसँगको व्यापार एवम् पारवहन समझदारीमा सरकार सफल भएको दाबी गरे ।

देशभित्रको समस्या समाधानका लागि सरकार सक्षम रहेकाले बाह्य सहयोगको जरुरत नभएको भन्दै उनले कुनै पनि छिमेकीलाई नचिड्याउने अभिव्यक्ति पनि दिए ।

सञ्चारकर्मीको एक प्रश्नमा नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी भएर सहमतिको सरकार बनाउन सकिने बताउँदै उपप्रधानमन्त्री मैनालीले मधेसवादी दललाई वार्ता र सहमतिबाट समस्याको समाधान खोज्न आग्रह गरे ।