रोमानियामा सयौं नेपाली कामदारहरूको माग

रोमानियामा सयौं नेपाली कामदारहरूको माग


रोमानिया । बुखारेस्ट शहरबाट करीब २०० किमी दक्षिण-पश्चिम स्लाटिना शहरमा रहेको एक गुरईटेक्स नामक गार्मेन्ट कारखानाले करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग गरेको छ । यो कारखाना कम्युनिस्ट समयदेखि नै गार्मेन्ट उत्पादनमा प्रख्यात छ। यो कारखाना त्यस शहरमा भएका ख्यातिप्राप्त र ठूलै बर्गमा पर्ने कारखानाहरू मध्येको एक हो । यस क्रममा हाललाई ५० जना कामदारको लागि अहिले काठमाडौँमा छनौट कार्य भइरहेको जानकारी नरापो न्यूज बुखारेस्टले जनाएको छ ।

नेपाली कामदारहरूले उक्त कारखानामा काम गरेबापत ३०० डलर महिनाबारी तलब पाउने छन्। यसका साथै हप्ताको एक दिन छुट्टी पाउने ब्यबस्था पनि उल्लेख गरिएको छ । यसै क्रममा हरेक दिन १० घण्टाभन्दा बढी काम गर्न ईच्छा गर्ने कामदारले थप काम गर्न पाउने र सो बापत ३०० डलरदेखि सातरआठसय डलरसम्म मासिक कमाउन सक्ने छन्।

कामदारकालागि निस्शुल्क खाना र बस्नको लागि उक्त कारखानामा क्यान्टिन र होस्टलको पनि सुबिधा रहेको छ। दुई बर्षका लागि मागिएका नेपाली कामदारहरूले रोमानियाको श्रम मन्त्रालय अन्तर्गतका नियमानुसार सबै सुविधाहरू प्राप्त गर्नेछन् । यी सुबिधाहरूमास् सरकारी बिदाहरूबाहेक एक बर्षमा २१ दिन बिदा पाउनेस सबै प्रकारका ईन्सुरेन्स सुविधाहरू प्राप्त हुनेस ओभर टाइमको ब्यबस्था हुनेस न्यूनतम मासिक तलब ३०० डलर नेट रहने आदि छन् । यसका साथै राम्रो काम गर्ने कामदारहरूलाई अरू २ बर्षको म्याद थपिइने ब्यबस्था पनि रहेको छ।

सन् २००० सालमा स्थापना भएको यस कारखानाक़ा मालिक चाहि टर्कियन नागरिक हिदिर गुर्गुर छन् । यस कारखानामा हाल रोमानियालीका साथै बंगालादेशी कामदारहरू कार्यरत रहेको कुरा नरापो न्यूजका सम्बादाताले जनाएका छन् । उक्त कारखानाका मालिकले भविष्यमा करिब एक हजार दुई सय नेपाली कामदारहरूको आवश्कता रहेको कुरा पनि बताएका छन् ।

कामदारहरूले पाउने सर सुबिधाका बारेमा यस कारखानामा काम गरिरहेका बंगलादेशी नागरिकहरूसंग भेट गरी सोधपुछ गर्दा उनीहरूले हालसम्म पाएका तलब र सुबिधाबाट सन्तुष्ट भएका कुरा बताए । ३०० डलरबाट काम शुरू गरेका कामदारहरूले ४र५ महिना भित्रमा नै ओभर टायम काम गरी ५/६ सय डलर मासिक कमाउन थालेका कुरा समेत उनीहरूले बताएका छन्।

यो गार्मेन्ट कारखानाका विभिन्न कार्यक्षेत्रको निरीक्षण नेपाली राजदूताबास, मस्कोको अनुरोधमा गत नोभेम्वरमा नेपाली राजदूताबासका तर्फबाट तत्कालीन प्रथम सचिब तथा डेपुटी चिफ अफ मिशन अच्यूत भक्त पौडेल र गैरआवासीय नेपाली संघ, रोमानियाका तर्फबाट यस संघका अध्यक्ष नवराज पोखरेलले गरेकाथिए । सो अवसरमा नेपालबाट कामदारहरू पठाउने कम्पनीका दुई नेपाली प्रतिनिधिहरू र म्यानपावर सोलुसन्स बुखारेस्टका म्यानेजर कोरिना कन्स्तान्तिनको पनि उपस्थित थियो।

नेपाल र रोमानिया बीचको मैत्री सम्बन्ध सन् १९६८ को अप्रिल २० तारिखदेखि शुरू भएको हो । हालसम्म दुबै मित्ररास्ट्रहरूबीच मैत्री सम्बन्ध कायम भएता पनि राजदूताबास एवं बाणिज्य दूताबास समेतको स्थापना नभएको कारणले मस्कोस्थित नेपाली राजदूताबासमार्फत नेपाल सरकारसंग रोमानियाको मैत्री सम्बन्धलाई अझै दरिलो बनाउने क्रममा सहयोग गर्न यहाँ गत २५ वर्षदेखि बसोबास गर्दै आएको एक नेपाली नागरिकको नाताले आफ्नो कर्तब्य ठानेको कुरा एन आर एन रोमानियाका अध्यक्ष नवराज पोखरेलले बताएकाछन् ।बिगत लामो समयदेखि दुई देशबीच घनिष्ट सम्बन्ध रहिआएको भए तापनि हाल लगभग २५० जना नेपालीहरू रोमानियाको विभिन्न क्षेत्रमा कार्यरत छन् । रोमानियाले सन् २००७ सालदेखि युरोपीयन कम्युनिटीको सदस्यता पाएको छ भने सन् २०११ को अन्त्य सम्ममा सेन्गेन क्षेत्रको सदस्यता पाउने ठूलो सम्भाबना रहेको छ ।-एन.आर.पोखरेल, रोमानिया