रहेनन् पूर्वप्रधानसेनापति गडुल

रहेनन् पूर्वप्रधानसेनापति गडुल


गडुलशम्शेर जबरा
पूर्वप्रधानसेनापति गडुलशम्शेर जबराको ८० वर्षको उमेरमा २४ चैत बुधबार निधन भएको छ । लामो समयदेवी छालाको क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिकमा अस्पतालमा निधन भएको हो ।

वि.सं. २०१३ साल जेष्ठ २० गते देवीदत्त गणको सहायक सेनानी दर्जामा नियुक्त हुनु भएका स्वर्गीय राणाले सैनिक जीवनमा नेपाली सेनाका प्रायः सबैजसो प्रमुख युनिट र विभागहरुको नेतृत्व गर्नु भएको थियो । सेनाको पेशागत तालिम लिने क्रममा वहांले जुनियर कमाण्ड कोर्स र सिनियर कमाण्ड कोर्स मित्रराष्ट्र भारतबाट र स्टाफ कलेज कोर्स जर्मनीबाट गर्नु भएको थियो । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि गणको रुपमा भाग लिने कार्यको शुरुवात वि.सं. २०३१ सालमा इजिप्टको साइनाईमा युनेफ दुई मिशनबाट गर्दा पहिलो पटक श्री पुरानो गोरख गणलाई खटाईएको समयमा वहां गणपतिको रुपमा खट्टिनु भई आप्mनो जिम्मेवारी सफलतापूर्वक पुरा गर्नु भएको थियो । वहांले सैनिक जीवनमा आप्mनो जिम्मेवारीहरु प्रशंसनीय ढंगबाट पुरा गरे बापत ॐ राम पट्ट, त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु प्रथम जस्ता उच्च श्रेणीका विभिन्न पदक तथा विभूषणहरु समेत प्राप्त गर्नु भएको थियो ।

लामो सैनिक जीवन व्यतित गर्नुभएका राणाको कार्यकालमा नेपाली सेनाको विकास र आधुनिकीकरणका अनेक महत्वपूर्ण कार्यहरु भएका थिए । वहांको कार्यकालमा मुस्ताङ्ग जिल्लाको कैशाङ्गमा माउन्टेनियरिङ स्कुलको शुरुवात, नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत आधारभूत तालिम दिने सिलसिलामा स्नातक तहको अध्यापन कार्यको शुरुवात र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको स्थापना गरिएको थियो । त्यस्तै, कटारी–ओखलढुंगा सडक आयोजनाको निर्माण कार्यको शुरुवात लगायतका उल्लेखनीय कार्यहरु वंहाकै कार्यकालमा भएको थियो ।

दिवंगत श्री राणाको अन्तिम बिदाईमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले वहांको पार्थिव शरिरमा माल्यार्पण गरी नेपाली सेनाको तर्फबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उक्त अवसरमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाली सेनाका सकलदर्जा एवं अन्य विभिन्न महानुभावहरुका साथै वंहाका नाता कुटुम्ब तथा परिवारजनहरुले पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
late Gadul