बार अध्यक्षमा केसी, लोकतान्त्रिक समूहलाई भारी सफलता

बार अध्यक्षमा केसी, लोकतान्त्रिक समूहलाई भारी सफलता


Sher Bd KC Bar Election--1
नेपाल बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवारशेरबहादुर केसी विजयी भएका छन्। लोकतान्त्रिक र प्रगतिशील समूहबीच भएको तीव्र प्रतिस्पर्धामा अध्यक्ष केसीले तीनहजार ७९८ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले तीनहजार ६१५ मत प्राप्त गरे। नवनिर्वाचित केसी मैनालीभन्दा १८३ मत बढी ल्याई विजयी भएका छन् । यसरी लोकतान्त्रिक समूह अध्यक्षसहित १९ पदमा विजयी भएको छ ।

बारको नवनिर्वचित उपाध्यक्षहरुमा पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का तीन हजार ६९७ मतले विजयी भए भने उनका प्रतिद्वन्द्वी टङ्कप्रसाद उप्रेतीले तीन हजार ६९० मत प्राप्त गरे । मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका बाहिर) विनय सिंहले तीन हजार ७९६ मत प्राप्त गरे ।

यस्तै, मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका) मोतिराम गौतमले तीन ५९३ मत प्राप्त गरी विजयी भए भने पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्तले तीन हजार ६७६ मत प्राप्त गरी विजयी बने ।

मध्य पश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटाले तीनहजार ७६४ मत ल्याए भने सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्यायले तीनहजार ७५२ मत प्राप्त गरी विजयी बने ।

उपाध्यक्ष खुल्ला क्षेत्र महिलामा उषा मल्ल पाठकले तीनहजार ७५० मत प्राप्त गरी विजयी बनिन् । यस्तै महासचिवमा खम्मबहादुर खातीले तीनहजार ६२४ मत प्राप्त गरी विजयी भए ।

कोषाध्यक्षमा विजयी ज्ञानरत्न शाक्यले तीनहजार ४६७ मत प्राप्त गरे भने दलित सदस्यमा श्यामकुमार विश्वकर्मा, मधेसी÷मुस्लिम (उपत्यका बाहिर) मधुर पाठक विजयी भए । मधेशी÷मुस्लिम (खुल्ला) रमणकुमार कर्ण, आदिवासी÷जनजाति खुल्लामा अस्मिनकुमार राई, आदिवासी÷जनजाति (उपत्यका बाहिर) ईन्दु कोइराला विजयी भए । महिला खुल्लामा सानुमैयाँ महर्जन र खुल्ला उपत्यका बाहिरमा पद्मबहादुर शाही विजयी भए ।

त्यसैगरी, सात खुल्ला सदस्यमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, ईन्द्रबहादुर बुढाथोकी, विष्णुमाया भुसाल, कृष्णकुमार आङदेम्बे विजयी भए ।

बारको नयाँ कार्यसमितिमा २५ पदाधिकारीका लागि ७१ जनाबीच प्रतिस्पर्धा भएको थियो । शनिबार देशभरका ३३ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको थियो ।

यसप्रकार बारको नयाँ कार्यसमिति निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्ष, महासचिव, कोषध्यक्षसहित १९ जना विजयी भएका छन् भने प्रगतिशील समूहबाट जम्मा तीन उपाध्यक्षसहित ६ जना मात्र विजय भएका छन् । सो समूहबाट मध्यपश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटा, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय र महिला उपाध्यक्षमा उषा मल्ल पाठक विजयी भएका छन् । त्यस्तै, प्रगतिशील समूहबाट खुला सदस्यमा विष्णुमाया भुसाल, कृष्ण आङ्दम्बे लिम्बू, मधेसी (उपत्यका बाहिर) बाट मधुर पाठक विजयी बने ।

नवनिर्वाचित अध्यक्ष केसीले सम्पूर्ण कानुन व्यवसायीको हक अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कानुन व्यवसायी मात्र भएर आफ्ना प्रतिस्पर्धी विजयकान्तलगायत सबैको सल्लाह लिएर अधि बढ्ने उनले बताए । संविधान कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्ने उल्लेख गर्दै बार र बेन्चबीचको सम्बन्धलाई राम्रो बनाएर सबै कानुन व्यवसायी एउटै छाताभित्र राखी उनीहरुको हकहितका लागि लड्ने प्रतिबद्धता पनि नवनिर्वाचित अध्यक्ष केसीले व्यक्त गरे ।