स्वार्थ त्यागेर मुलुकको लागि एक हुन देउवाको आग्रह

स्वार्थ त्यागेर मुलुकको लागि एक हुन देउवाको आग्रह


Deuwa 33
नयाँ बर्ष २०७३ को उपलक्ष्यमा मंगलबार साँझ शुभकामना सन्देश दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो र पार्टीका तर्फबाट सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिकालागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आफ्नो शुभकामना सन्देशमा सभापति देउवाले संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै तराई मधेसको असन्तुष्टिलाई सम्बोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन सबै एकजुट हुनु जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

२०७२ सालको प्रारम्भदेखि नै नेपालीले भोगेको विनाशकारी भूकम्प र आपूर्ति असहजताका कारण कठिन बनेको नेपालीको दैनिक जीवन हालसम्म पनि सामान्य बन्न नसकेको बताउँदै उहाँले यो अवस्थालाई अन्त्य गर्न वर्ष २०७३ को प्रारम्भसँगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरू तथा जिम्मेवार निकायहरू, मुलुकवासी र सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक भएर दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सिङ्गो मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।